गुराँस लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Technology Khabar १३ मंसिर २०७५, बिहीबार

गुराँस लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले प्रति शेयर सय रुपैयाँ अंकित दरको २,५०,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७ करोड ७५ लाख र चुक्ता पूँजी रु.५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.७ करोड ७५ लाख हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

Loading...