बजाज आरइ को महा टेष्ट ड्राइभ मेला नेपालगंजमा सम्पन्न

Technology Khabar १३ मंसिर २०७५, बिहीबार

बजाज आरइ को महा टेष्ट ड्राइभ मेला नेपालगंजमा सम्पन्न

काठमाडौं । नेपालमा बजाज आरई थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले बजाज आरइ को बारेमा जानकारी दिने, टेस्ट ड्राईभ दिने र मनोरञ्जन दिने उद्धेश्यका साथ नेपालगंजमा यहि मंगसिर ८ गते बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको छ ।

वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ को मुख्य उदेश्य रहेको छ । यहि उदेश्यलाई लिएर बजाज आरइ ले टेष्ट ड्राइभ मेला आयोजना गरेको हो ।

कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि गत शनिवार मेला आयोजना गरेको हो । मेलामा साङ्गीतिक कार्यक्रम, लक्की ड्र, नृत्य प्रस्तुति,नाटक, फुड स्टलको व्यवस्था गरिएको थियो ।

उक्त कार्यक्रममा टेस्ट ड्राइभ गर्न चालकहरूलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

नेपालगंजको लागि बजाज आरइको आधिकारिक बिक्रेता युनाईटेड मोटर सप्लायर्स प्रालि रहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

Loading...