नबिल बैंकको १३ घातक रोगहरुको उपचार वीमा योजना, खातामा २५ हजार रुपैयाँ बचत गर्नेलाई सुविधा

Technology Khabar १० मंसिर २०७५, सोमबार

नबिल बैंकको १३ घातक रोगहरुको उपचार वीमा योजना, खातामा २५ हजार रुपैयाँ बचत गर्नेलाई सुविधा

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले व्यक्तिगत बचत खाता ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनिसगंको सहकार्यमा ३ लाख रुपैयाँसम्मको घातक रोग बीमा तथा ७५ हजार रुपैयाँको मृत्यू लाभ वीमा गरिदिने योजना ल्याएको छ ।

यो योजना मंसिर ९ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि जेनेरल मेनेजर रमेश प्रसाद लोहनी र मेटलाईफ वीमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राम कुमार यादव बीच सम्झौता भएको छ ।

नबिल बैंकले सो बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

बैंकले दैनिक मौज्दात २५ हजार रुपैयाँ वा वढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई १३ वटा घातक रोगहरुको उपचाराथ ३ लाख रुपैयाँसम्मको को वीमा गरेको छ ।

१३ वटा मध्ये कुनै पनि घातक रोग लागेको निवेदन उपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा ३ लाख रुपैयाँसम्मको वीमा रकम तत्काल भुक्तानी हुने बैंकका प्रमु कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । बचतकर्ताको अन्य कारणले निधन भएमा ७५ हजार रुपैयाँका वीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको उनले स्पष्ट पारे ।

घातक रोग लागेर निधन भएमा जम्मा वीमा रकम ३ लाख ७५ हजार रुपैयाँको सुरक्षण हुनेछ ।

बैंकले यस योजना अन्तर्गत मंसिµ ८ गतेका दिन २५ हजार रुपैया वा वढि मौज्दात रहेका आफ्ना सम्पूर्ण योग्य व्यक्तिगत बचत खाता ग्राहकवर्गको वीमा गरिसकेको छ । यो योजनामा सामेल भईरहन बचतकर्ताले रु. २५,०००/– वा वढि मौज्दात कुनै पनि नेपाली महिनाको शुरुवात देखी मसान्त सम्म कायम राख्नु पर्नेछ । यस्ता ग्राहकहरुको हकमा घातक रोग वीमा र मृत्यू लाभ वीमा यो योजनामा सामिल भएको मितिबाट लागु हुने बैंकले जनाएको छ ।

यो यो योजना लागु भए पश्चात नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा पनि लागू हुने बैंकले उल्लेख गरेको छ ।योजनामा सामिल हुन व्यक्तिगत बचत खाता ग्राहकहरुको उमेर योजनामा सामिल हुंदाको समयमा १६ वर्ष पूरा भई ६५ वर्ष नपुगेकोे हुनु पर्नेछ ।

easy care

प्रकाशित: १० मंसिर २०७५, सोमबार