ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली बजारमा

Technology Khabar ९ मंसिर २०७५, आईतवार

ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं । चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रा.लि.को सहायक कम्पनी ईओएल प्रालिले नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले बजारमा हिट कन्भेक्टर इलेक्ट्रिक गिजर र फोन्टस नामक उत्पादन ल्याएको हो ।

हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु ओरिएन्ट ब्राण्डअन्तर्गत रहेका छन् ।

हिट कन्भेक्टर (एचसी२००३डी) 

ओरिएन्ट इलेक्ट्रिक हिट कन्भेक्टर एचसी२००३डी मोडल जाडो समयमा कुनाको स्थानहरुमा पनि न्यानो बनाउन र तपाईँलाई आराम दिन सहयोगी छ । यो रुम हिटरमा २ वटा हिटिंग पोजिसन छन र तापक्रम नियन्त्रण गर्ने बटन पनि राखिएको छ । यो रुम हिटर २००० वाटको छ र तपाईँको सुरक्षा कायम गर्न र यसको कार्यलाई सहजरुपमा संचालन गर्न आइएसआई मान्यता प्राप्त रहेको छ । नेपाली बजारमा यो रु ५,४९१ मा उपलब्ध छ ।

इलेक्ट्रिक गिजर (औरा नियो १,३)

यो बजारमा रु. ६,९९४ मा १ लिटर, र रु. ७,९८९ मा ३ लिटर क्षमतामा उपलब्ध छ । यो उत्पादन विशेषगरि जोडि अथवा एक्लै बसिरहेकाहरुका लागि डिजाइन गरेर बनाईएको छ ।

फोन्टस

तपाईँको परिवारलाई तत्काल कडा तातोपानी आवश्यक पर्दछ भने यो निकै स्मार्ट देखिने १० लिटरको स्टोरेज क्षमता भएको वाटर हिटर लिनुहोस् । यो १५ लिटर र २५ लिटरको क्षमतामा पनि उपलब्ध छ । हरेक किसिमको वाथरुमहरुको लागि यो निकै उपयुक्त रहेको छ, जसमा निकै कम मात्रै मर्मत गर्नुपर्दछ र ५ स्टार उर्जा बचतको रेटिंग रहेको छ, जसले दैनिक वाथरुममा तातोपानीको प्रयोगलाई सहज बनाउँछ । यो उत्पादनको मूल्य रु. १३,९८९(१० लिटर), रु. १५,६८४(१५ लिटर) र रु १६,९९५(२५) लिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ९ मंसिर २०७५, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार