अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल सहभागी हुने, प्रतियोगिताको लागि आधारभूत तालीम शुरु

Technology Khabar ८ मंसिर २०७५, शनिबार

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल सहभागी हुने, प्रतियोगिताको लागि आधारभूत तालीम शुरु

काठमाडौं ।

काठमाडौँ । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वर्ल्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी शुरु गरेको छ । नेपाल यो प्रतियोगितामा दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्डेशन ओलम्पियाड नेपालको आधिकारिक संस्थाको रुपमा रहेको छ ।

संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताए।

छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ । हामीले सकेसम्म राम्रो तयारकिा लागि अहिलेदेखि नै जुटेका छन् । नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो ।

easy care

प्रकाशित: ८ मंसिर २०७५, शनिबार

ताजा समाचार