नेपाल टेलिकमका प्रबन्ध निर्देशकको नियुक्ति सम्बन्धी निर्देशिका संशोधन, यस्तो छ नयाँ व्यवस्था

Technology Khabar ७ मंसिर २०७५, शुक्रबार

नेपाल टेलिकमका प्रबन्ध निर्देशकको नियुक्ति सम्बन्धी निर्देशिका संशोधन, यस्तो छ नयाँ व्यवस्था
फाइल

काठमाडौं ।

काठमाडौं । सरकारले नेपाल दुरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम) मा प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्देशिका संसोधन गरेको छ।

मंसिर ३ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमका प्रबन्ध निर्देशकको नियुक्ति र सेवासुविधा सम्बन्धी निर्देशिका दोस्रो संशोधन, २०७५ स्वीकृत गरेको छ । नयाँ व्यवस्थाले कम्पनीभित्रबाटै प्रबन्ध निर्देशकमा नियुक्ती हुनेहरुका लागि पदावधिका बारेमा हेरफेर गरेको हो।

नयाँ संसोधन स्विकृत भएसँगै टेलिकममा कार्यरत रहेकै अवस्थामा कोही नियुक्त भएर ३ वर्षको अवधि पुरा गरेपछि फेरि पुरानै पदमा कार्यरत रहन पाउने भएका छन्।

हाल टेलिकममा प्रबन्ध निर्देशक पद खाली रहेको छ।

सरकारले निर्देशिका संसोधन गरेसँगै टेलिकमकै कुनै कर्मचारी प्रबन्ध निर्देशक भएर कार्यकाल सकिएपछि अहिलेकै पदमा फेरि कार्यरत रहन पाउने छन्।

हालसम्म प्रबन्ध निर्देशकको पदावधि सकिएपछि निजले स्वत अवकास लिनुपर्ने व्यवस्था थियो।

easy care

प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार