एबीबी टेक्नोलोजीजद्धारा नेपाली कम्पनीहरुका लागि प्रविधि दिवस आयोजना

Technology Khabar ६ मंसिर २०७५, बिहीबार

एबीबी टेक्नोलोजीजद्धारा नेपाली कम्पनीहरुका लागि प्रविधि दिवस आयोजना

काठमाडौं ।

काठमाडौं । एबीबी टेक्नोलोजीजले नेपालका २५० कम्पनीहरुका लागि एक दिवसीय प्रविधि दिवस आयोजना गरेको छ। कम्पनीका उत्पादनहरु र सेवाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित सो कम्पनीले काठमाडौंको हायात होटलमा सो कार्यक्रम आयोजना गरेको हो।

टेलिकम, उपभोग्य बस्तु, यातायात तथा भौतिक पुर्वाधार जस्ता क्षेत्रसँग सम्बन्धित नेपाली कम्पनीहरुले एबीबीका बिशेषज्ञहरु सँग बिभिन्न कार्यशालामा भाग लिए। साथै, सो कार्यक्रममा सम्बन्धित क्षेत्रका नबिनतम प्रबिधीहरुको पनि प्रदर्शनी गरिएको थियो।

दूरस‌ंचार, उर्जा, यातायात र अन्य क्षेत्रमा मेशिनरी र प्रविधि बनाउँदै आएको सो कम्पनीले नेपाली व्यवसायी लक्षित उक्त कार्यक्रमसँगै नेपालमा व्यापार बिस्तार गर्ने घोषणा पनि गरेको छ। कम्पनीले नेपालका कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी उपयोगिता बढाउने प्रविधि उपलब्ध गराउने जानकारी दिएको छ। नेपालका सिमेन्ट उद्योग र सौर्य उर्जा प्रणालीमा नयाँ प्रविधि उपलब्ध गराएर उत्पादकत्व बढाउन सहयोग गर्ने कम्पनीले घोषणा गरेको छ।

पावर ग्रिड्स, एलेक्ट्रीफीकेसन प्रोडक्ट्स, इण्डष्ट्रियल अटोमेसन र रोबोटीक्सको क्षेत्रमा काम गरिरहेको कम्पनीले इलेक्ट्रिक भेहिकलको क्षेत्रमा पनि काम गर्न सकिने संभावना रहेको बताएको छ । कम्पनीले नेपालभित्र सरकारले सहयोग गरेमा इलेक्ट्रिक भेहिकलको लागि चार्जिंग स्टेशन राख्न सकिने समेत जानकारी दिएको छ ।

पत्रकारसँगको भेटघाटमा कम्पनीका बजार प्रबन्धक कार्थिक कृष्णमुर्तीले नेपाल अहिले निर्माण र औद्योगिकरणको प्रारम्भिक चरणमा रहेको र यसमा कम्पनीको प्रविधिले उत्पादकत्व बढाउन सकिने बताए । उनले ईन्टरनेट तथा स्मार्ट फोनले मजबुतीका साथ प्रवेश गरेको नेपालमा हरेक २ व्यक्ती मध्ये १ सँग ईन्टरनेटको पहुँच रहेको तथ्यांक देखिएको हुँदा आगामी दिनमा बढ्ने डाटा सेन्टरहरुलाई पनि एबीबीको टेक्नोलोजीबाट क्षमता बिस्तार गर्न सकिने बताए ।

‘एबीबीले डाटा सेन्टरहरुको पावर आवश्यकतालाई ध्यानमा राख्दै स्थानको अनुकुलता, सुरक्षा, लागत, तथा उर्जा बचत जस्ता कार्यमा प्राविधिक समाधानहरु उपलव्ध गराउदै आएको छ। डाटा सेन्टरहरु सबै डाटा, दूरसंचार तथा नयाँ स्टार्टअप्सहरुका लागि प्रयोग हुनेछन्,’ उनले भने ।

हाल एबीबी टेक्नोलोजीजको सेवा बिद्युत प्राधिकरणको ढल्केवर स्थित पावर सबस्टेशनमा उपयोग गरिएको बताईएको छ। एबीबीले बिभिन्न हाइड्रो परियोजनका निमित्त यूनिफाईड अटोमेसन् सिस्टमस्, डिजिटल गभर्नर्स, सीन्क्रोनाईजर्स, तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्वारा थुप्रै प्रबिधिहरुको समाधान पनि प्रदान गर्दै आएको जनाएको छ।

Global Bank
easy care

प्रकाशित: ६ मंसिर २०७५, बिहीबार

ताजा समाचार