यी गेमिङ्ग एप्समार्फत ५ लाख स्मार्टफोनमा भाइरस फैलियो, तपाईँको गेमिङ्ग एप्समा पनि छ की हेर्नुस्

Technology Khabar ५ मंसिर २०७५, बुधबार

यी गेमिङ्ग एप्समार्फत ५ लाख स्मार्टफोनमा भाइरस फैलियो, तपाईँको गेमिङ्ग एप्समा पनि छ की हेर्नुस्
Classic Tech

काठमाडौं । एन्ड्रोयड प्रयोगकर्ताहरुले सर्तक हुनुपर्ने भएको छ । हालै विश्वभरका एन्ड्रोयड प्रयोगकर्ताहरुको स्मार्टफोनमा मालवेयर रहेको भेटिएको छ ।

विश्वभर सबैभन्दा धेरै प्रयोगमा आउने एन्ड्रोयड स्मार्टफोनमा गेम खेल्न मनपराउनेहरुले गेम एप्सको ठाउँमा भाइरसयुक्त एप्स डाउनलोड गरिरहेको एउटा अनुसन्धानमा भेटिएको हो ।

सेक्यूरिटी रिसर्च कम्पनी इसेटकाअनुुसार एन्ड्रोयडमा भएका मध्ये १३ वटा लोकप्रिय गेमहरुमा मालवेयर भेटिएको हो ।

इसेटका सिक्योरिटी रिसर्चर लुकास स्टेफानोका अनुसार एउटै डेभलपरले बनाएको १३ फरक फरक गेमिंग एपहरु गूगल प्लेमा उपलब्ध रहेको छ, जसलाई प्रयोगकर्ताहरुले सामान्य गेमिंग एपको रुपमा डाउनलोड गरेर प्रयोग गर्ने गर्दछन् । यी १३ एप्समध्ये २ वटा त गूगल स्टोरको टे«ण्डिङ्गमा नै रहेका छन जसले गर्दा अझ धेरै डाउनलोडकर्ता पाएको इसेटले भनेको छ ।

यी १३ वटै एप्स हालसम्म ५ लाख ८० हजार भन्दा धेरै इन्स्टल भईसकेको छ भने हाल गूगले त्यसमा अंकुश लगाएको छ ।

अधिकांश एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ताले यी डाउनलोडहरुलाई ट्रक वा कार ड्राइभिंग गेमको रुपमा मानेर डाउनलोड गरिरहेका छन तर डाउनलोड भईसकेपछि प्रयोग गर्दा प्रत्येक पटक क्र्याश हुने गरेको छ । किनकी यसमा बग रहेका छन् ।

यी सबै एप्सहरुको सम्बन्ध इस्तानबुलको एप डेभलपरसँग जोडिएको देखिएको छ । हालसम्म यसमा कस्तो प्रकारको मालवेयर राखिएको छ भन्ने थाहा हुन सकेको छैन् ।

यी एप्स डाउनलोड गरिसकेपछि प्रत्येक पटक स्मार्टफोन स्टार्ट गर्दा मालवेयरले त्यो फोनको नेटवर्क ट्राफिकमा सिधै पहुँच पाउँछ ।

गूगलका प्रवक्ता स्कट वेस्टओभरले मालवेयर भएको एप्सको सुनिश्चितता गर्दै भने, यसले हाम्रो पोलिसिहरुलाई पालना नगरेको हुँदा हामीले ती एप्स प्ले स्टोरबाट हटाएका छौं ।

एन्ड्रोयड स्मार्टफोनहरुमा भाइरस वा बग आउने गरेको घट्ना पटक पटक हुने गरेका छन् । गूगललेगत वर्षमात्रै ७ लाख भन्दा बढि भाइरसयुक्त एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको थियो ।

माध्यम

प्रकाशित: ५ मंसिर २०७५, बुधबार

Comments are closed.

Loading...