गूगलको सर्च रिजल्टमा यूजर्सले पनि कमेन्ट गर्न सकिने, लाइक र डिस्लाइक पनि गर्न पाईने

Technology Khabar ५ मंसिर २०७५, बुधबार

गूगलको सर्च रिजल्टमा यूजर्सले पनि कमेन्ट गर्न सकिने, लाइक र डिस्लाइक पनि गर्न पाईने

काठमाडौं ।

काठमाडौं । गूगलले नयाँ फीचर ल्याउने भएको छ । नयाँ फीचरको माध्यमबाट यूजर्सले गूगलको सर्च रिजल्टमा पनि प्रतिकृया दिन सक्नेछन् ।

सर्च रिजल्टमा गरिएको कमेन्ट, अन्य मानिसहरुले पनि हेर्न सक्नेछन् । गूगल नयाँ फीचर ल्याउने तयारीमा रहेको छ र यसको बारेमा काम भईरहेको छ ।

हल यो फीचर लाइभ नभएपनि गूगलको हेल्पको अफिशिलय डकुमेन्टमा यो बारेमा जानकारी दिईएको छ । त्यसमा यो फीचरले कसरी काम गर्छ भन्ने जानकारी दिईएकोछ । यो डकुमेन्ट सर्च इन्जिन जर्नलको नाममा राखिएको छ ।

गूगलले ल्याउने यो नयाँ फीचरपछि कुनैपनि यूजर्सले सर्च रिजल्टमा नै आफ्नो कमेन्ट दिनसक्नेछ र त्यो कमेन्ट अर्को यूजरले पनि हेर्न सक्नेछ ।

गूगलले सोशल मिडिया प्लेटफर्म फेसबुकको जस्तै नयाँ फीचर पनि ल्याउने भएको छ । गूगलको सर्च इन्जिनमा एउटा यूजर्सले गरेको कमेन्ट अर्को यूजर्सले पढ्नसक्ने साथै त्यसमा लाइक वा डिस्लाइक पनि गर्न सकिने अप्सन हुनेछ ।

हाल फेसबुक पोस्टमा जसरी मानिसहरुको कमेन्टलाई पनि लाइक वा डिस्लाइक गर्न सकिन्छ । त्यसैगरि गूगलको सर्च इन्जिनमा पनि कमेन्ट गर्न सकिने भएको हो । यसका साथै लाइभ गेमहरुमा पनि यूजर्सले सर्च इन्जिनको तल कमेन्ट गर्न सक्नेछ ।

प्रकाशित: ५ मंसिर २०७५, बुधबार