अब यूट्यूबमा उत्कृष्ट सिनेमाहरु निशुल्क हेर्न पाईने, फ्री टु वाच फीचर शुरु हुँदै

Technology Khabar ४ मंसिर २०७५, मंगलवार

अब यूट्यूबमा उत्कृष्ट सिनेमाहरु निशुल्क हेर्न पाईने, फ्री टु वाच फीचर शुरु हुँदै

काठमाडौं ।

काठमाडौं । यूट्यूबमा हालसम्म प्रयोगकर्ताहरुले चर्चित र लोकप्रिय सिनेमाहरु हेर्नका लागि रकम भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । यसमा दुईवटा अप्शन रहेको छ, जसमा या त तपाईँले फिल्म भाडामा हेर्न सक्नुहुन्छ वा यसलाई किन्नुपर्ने हुन्छ । केहि सिनेमाहरु भने निशुल्क हेर्न सक्नुहुन्छ, जून पुराना र चलेका हुँदैनन् ।

तर अब भने यूट्यूबले नयाँ सुविधा दिने भएको छ । कम्पनीले नयाँ फीचर ल्याउने भएको छ, जसको आधारमा यूजर्सले यूट्यूबमा निशुल्क सिनेमाहरु हेर्न सक्नेछन् ।

रिपोर्टकाअनुसार यूट्यूबमा नयाँ फीचर आउँदैछ, जसलाई फ्री टु वाच भनिने छ । यस क्याटोगरीमा रहेका सिनेमाहरु प्रयोगकर्ताहरुले निशुल्क हेर्न सक्नेछन् तर त्यसमा सिनेमा निशुल्क भएपनि तपाईँलाई विज्ञापनहरु देखाईनेछ । हालसम्म गूगलले एउटा फिल्ममा कतिवटा विज्ञापन देखाईने छ र त्यसको फ्रीक्वेन्सी के हुन्छ भनेर जानकारी दिएको छैन् ।

यूट्यूबमा निशुल्क आउने फिल्महरुमा पप एड देखिनेछ जून सिनेमाको समयमा लगातार केहि समयसम्म देखिनेछ । यो फीचरलाई कम्पनीले अक्टोबर महिनामा नै शुरु गरेको थियो तर यो पछिल्लो सातादेखि देखिन थालेको छ ।

अमेरिकी कम्पनी यूट्यूबले हलीवुड स्टूडियोजका साथमा यसको लागि सहकार्य समेत गरेको छ । यो लिस्टमा हाल १०० वटा सिनेमा रहेका छन् । आगामी दिनहरुमा थप सिनेमाहरु राखिनेछ, जसमा द टर्मिनेटर, ह्याकर्स, लिगल ब्लोण्डे, रकी जस्ता चर्चित सिनेमाहरु छन् ।

यो नयाँ फीचरले विज्ञापनदाता र यूजर्स दुबैको माग र हितलाई हेरेर ल्याउन लागेको बताएका छन् ।

स्रोत

Global Bank
easy care

प्रकाशित: ४ मंसिर २०७५, मंगलवार

ताजा समाचार