ह्वावेको मेट ट्वान्टी प्रो स्मार्टफोन बजारमा, लाइका ट्रिपल क्यामरा र वायरलेस रिभर्स चार्ज सुविधा

काठमाण्डौँ । चिनियाँ स्मार्टफोन मेकर ह्वावे मेट सिरिजको नयाँ स्मार्टफोन ह्वावे मेट ट्वान्टी प्रो (Huawei Mate 20 Pro) नेपाली बजारमा सार्वजनिक गरेको छ।

गत महिना अन्तर्राष्ट्रिय बजारमा ह्वावे मेट ट्वान्टी प्रो सार्वजनिक गरिएको थियो ।

सो स्मार्टफोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स एआई, ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० रहेको छ।

ह्वावे मेट ट्वान्टी प्रो मा लाइका ट्रिपल क्यामरा सेटअप जडित छ । खासगरी ह्वावे मेट ट्वान्टी प्रो मा भएको लाईका ट्रिपल क्यामरामा ४० एमपी आरजीबी क्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सूक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबै भन्दा उपयुक्त रहेको कम्पनीको भनाई छ ।

यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्य क्यू आइ भएका उपकरणहरुका लागि पावर ब्यांकका रुपमा पनि काम गर्दछ ।

ह्वावे मेट ट्वान्टी प्रो मा उच्चदर्जाको इन्टेलिजेन्स, कार्यक्षमता तथा कम्युनिकेशन फिचरहरू रहेका छन्, जसले प्रयोगकर्ताहरूलाई फोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्छ ।

पछिल्लो प्रविधिलाई आत्मसातगर्दै ह्वावे मेट ट्वान्टी प्रोले किरिन ९८० का लागि सेभेन नानोमिटर प्रोसेस प्रविधि आत्मसात गरेको छ, जसकारण सिपियूको कार्य क्षमतामा ७५ प्रतिशतले वृद्धि‚ त्यस्तै जिपियू क्षमतामा ४६ प्रतिशत सुधारहरू र एनपीयूमा २२६ प्रतिशतले वृद्धि भएको कम्पनीले दाबी गरेको छ ।

ह्वावे मेट ट्वान्टी प्रो स्ट्रीमलाइन लुकका लागि आठ साइडमा कर्भ जस्तो गरिएको छ र सिमेट्रिकल लुकरहेको छ । बिल्कुलै नयाँ रंग हरियो (एमरालण्ड ग्रीन) रंग सहित क्लासिक ब्ल्याकमा यो फोन नेपाली बजारमा उपलब्ध छ ।

ओएलइडी ६.३९ इन्च स्क्रीनभएको यो फोन फोनमा १९.५ः९ रेसियोको डिस्प्ले, टुके रिजोल्यूशन ९३१२०*१४४०० रहेको छ । नेपाली बजारमा ह्वावे मेट ट्वान्टी प्रो को बजार मूल्य १ लाख २९ हजार रहेको कम्पनीले जनाएको छ ।