बाल्ट्राका नयाँ ईलेक्ट्रोनिक हिटर र गिजर बजारमा भित्रिए, रिमोट कन्ट्रोलबाटै नियन्त्रण गर्न सकिने

Technology Khabar ४ मंसिर २०७५, मंगलवार

बाल्ट्राका नयाँ ईलेक्ट्रोनिक हिटर र गिजर बजारमा भित्रिए, रिमोट कन्ट्रोलबाटै नियन्त्रण गर्न सकिने

काठमाडौं ।

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्यास तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरु नेपाली बजारमा भित्राएको छ । घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, बाल्ट्राले जाडोयामको समयमा पिटिसि वाल हिटर नेपाली बजारमा ल्याएको छ । घरको भित्तामा राख्न सकिने यस पिटिसि वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटरलाई नेपालमै पहिलो पटक बाल्ट्राले नेपाली बजारमा भित्राएको हो ।

बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ४ मंसिर २०७५, मंगलवार