हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप सार्वजनिक, एपमार्फत बैंक भित्रकै खातामा रकमान्तरको सुविधा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिकरुपमा मंगलबारदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई-एम बि) सुरु गरेको छ ।

बैंकद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले सो मोबाईल एप शुरु भएको घोषणा गरे ।

हेएर ईज योर न्यू बैंक HERE IS YOUR NEW BANK तथा विग बैंक इन स्मल साईज BIG BANK IN SMALL SIZE स्लोगनका साथ शुरु गरिएको सो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने बताईएको छ ।

मोबाईल एप शुभारम्भ कायक्रममा बोल्दै बैंकका उप महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए ।

उनले बैंकको आईसिटी सूरक्षा व्यवस्थालाई अझ सुद्धृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधि युक्त बैंक बनाउँदै लगिने उल्लेख गरे ।

हिमालयन बैंकले देशभरि भएका आफ्ना ५६ बटा शाखा तथा १०८ वटा एटिएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।