टेस्लाद्धारा इलेक्ट्रिक कार ‘मोडल ३’ को चीनमा अर्डर लिन शुरु

काठमाडौं । इलेक्ट्रिक कार मेकर कम्पनी टेस्लाले चीनमा पनि आफ्ना गाडिहरु बिक्री गर्ने भएको छ । कम्पनीले भर्खरै चीनमा मोडल ३ सेडानको अर्डर लिन शुरु गरेको छ । टेस्लाको सो गाडि किन्नका लागि ग्राहकहरुले ८,००० यूआन डिपोजिट गर्नुपर्दछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले ट्विटरमार्फत अहिले अर्डर भएका गाडिहरु संभवत मार्च वा अप्रिसलसम्ममा पुर्याउने जानकारी दिएका छन् ।

कम्पनीले हाल विश्व बजारमा मोडल ३ सेडान बिक्री गरिरहेको छ जसले कम्पनीको भविश्य निर्धारण गर्ने बताईएको छ ।

कम्पनीले चीनमा आफ्नो गीगाफ्याक्ट्रि पनि बनाएको छ । जसमा कम्पनीले २ विलियन डलर लगानी गरेको छ । सो फ्याक्ट्रिबाट कम्पनीले मोडल ३ र मोडल वाई कारहरु उत्पादन गर्नेछ,जून वार्षिक क्षमता २ लाख ५० हजार हुनेछ ।