आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं । रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद अक्षेरूपी एक लाख प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।

आइएमई केन्द्रीय कार्यालयमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल , प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती रहेको थियो । उपहार स्वरुपको रकम आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बिजेता मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरेका छन् ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भईसकेको कम्पनीले जनाएको छ ।