ओपो ए सेभेन नेपाली बजारमा, अग्रिम बुकिङ गर्नेलाई फोन हस्तान्तरण, मूल्य ३५ हजार ७९० रुपैयाँ

Technology Khabar ३० कार्तिक २०७५, शुक्रबार

ओपो ए सेभेन नेपाली बजारमा, अग्रिम बुकिङ गर्नेलाई फोन हस्तान्तरण, मूल्य ३५ हजार ७९० रुपैयाँ

काठमाडौं ।

काठमाडौं । ओपोले ठूलो ब्याट्री भएको फोन ओपो एसेभेनको आधिकारिक रुपमा विक्रि आरम्भ गरेको छ । ओपोको पाको, न्यूरोड स्थित आधिकारिक शोरुममार्फत बृहतरुपमा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेको छ ।

ओपोको ब्राण्ड फ्रेण्डका रुपमा अनुबन्धित नायिका स्वस्तिमा खड्काले कार्यक्रममा आफ्नो उपस्थिती जनाउँदै अग्रिम बुकिङ गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित एसेभेन हस्तान्तरण गरेकी हुन् ।

बिगर ब्याट्री फोनका रुपमा निकै चर्चा कमाएको प्रिमियम डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको ओपो एसेभेनले ए सिरिजको लोकप्रियतालाई नयाँ उचाई प्रदान गर्ने कम्पनीको विश्वास छ ।

एआई २.० सहितको १६ मेगापिक्सेल फ्रण्ट क्यामेरा र ३१ प्लस २ एमपी डुअल रियर क्यामेरा तथा ४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएको ओपो एसेभेनको बजार मूल्य ३५ हजार ७ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रमुख आकर्षणहरु

वाटरड्रप स्क्रिन-

ओपो एफनाइन मा जस्तै एसेभेनमा पनि ओपोले वाटरड्रप स्क्रिनको प्रयोग गरेको छ । पानीको थोपा झैँ आकारको यही नोचमा १६ एमपी फ्रण्ट क्यामेरा र सेन्सर जडान गरिएको छ । एसेवेनमा कम्पनीले स्क्रिन कोरिनबाट जोगाउने सोचका साथ कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरेको छ ।

डिजाइन-

ओपो एसेभेनमा प्रयोग गरिएका धातु, कारिगढी तथा ब्याक कभरमा समेत फोनलाई कलाको एक नमुनाका रुपमा प्रस्तुत गर्ने हिसावले डिजाइन गरिएको छ ।

एसेभेनमा प्रयोग गरिएको थ्रीडी थर्मल्लि बेन्ट शिटका कारण फोन पातलो, हल्का र बोक्दा आरामदायी छ । फोनमा प्रयोग गरिएको ग्लास झैँ देखिने कभर र यसमा प्रयोग भएको टेक्स्चर र प्याटर्नले फोनलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । साथै, फोनमा प्रयोग गरिएको मिडल फ्रेम डिजाइनले यसलाई अझ आकर्षक देखाएको छ । नयाँ फोन कम्पनीले ग्लेरिङ गोल्ड र ग्लेज ब्ल्यू गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ ।

क्यामेरा-

ओपो ए सेभेनमा एआई ब्यूटिफिकेशन सहित १३+२ एमपी डुअल रियर क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, यसमा जडित एफ २.० एपर्चर सहितको फ्रण्ट क्यामेराले अझ आकर्षक सेल्फी खिच्न सघाउँछ । ए सेभेनले वाइड एंगल फ्रण्ट क्यामेराको प्रयोग गर्छ । यसले साँघुरा स्थानमा तस्विर खिच्नु पर्दा सहजताको अनुभव प्रदान गर्छ । ओपो एसेभेनमा कम्पनीले नयाँ फिचरका रुपमा एआर स्टिकर पनि उपलब्ध गराएको छ ।

कलरओस ५.२: स्मार्ट एण्ड ईफिसियन्ट एसिस्टेन्ट-

ओपोले एसेभेनमा एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । यसले सञ्चालन प्रणालीलाई प्रयोगकर्ताका लागि समग्र स्मार्ट र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दै नयाँ आयाम प्रदान गरेको छ ।

यसमा रहेको स्मार्टबारले होराइजोन्टल फुल मल्टिटास्किङका साथै भर्टिकलफुल स्क्रिन मल्टिटास्किङ पनि सपोर्ट गर्छ । फोनको दुबै पट्टि स्लाइड गरी प्रयोगकर्ताले फोनमा रहेको मल्टिटास्किङ फिचर सक्रिय गर्न सक्छन् । फोनमा रहेको स्मार्ट बारले क्विकफाइल शेयरिङ, स्क्रिन रेकर्डिङ, स्क्रिनशट लगायत अन्य विभिन्न सर्टकटहरु चलाउन प्रयोगकर्तालाई सहयोग गर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार