फेसबुक मेसेन्जरमा पठाएको संदेश पठाउनेले अब ‘डिलिट’ गर्न सक्ने, शुरुभयो ‘अनसेण्ड’ फीचर

Technology Khabar २९ कार्तिक २०७५, बिहीबार

फेसबुक मेसेन्जरमा पठाएको संदेश पठाउनेले अब ‘डिलिट’ गर्न सक्ने, शुरुभयो ‘अनसेण्ड’ फीचर

काठमाडौं ।

काठमाडौं । फेसबुकले मेसेन्जरमा ‘अनसेण्ड’ फीचर गोप्यरुपमा शुरु गरेको छ । कम्पनीले मेजेन्जरमा यो फीचर यसअघि नै ल्याउने घोषणा गरेसँगै केहि मुलुकहरुका प्रयोगकर्ताहरुका लागि मेसेज अनसेण्ड फीचर शुरु गरेको हो ।

यो फीचरबाट मेजेन्जरमा पठाएको कुनैपनि सन्देशहरु अनसेण्ड गर्न सकिने छ, अर्थात कुनैपनि प्रयोगकर्ताहरुले मेसेन्जरमा कनेक्ट भएका साथीहरुलाई पठाएको मेसेज, फोटो, भिडियो लगायतका सामाग्रीहरु डिलिट गर्न सक्नेछन् ।

यस्तो फीचर प्राप्त गरेका प्रयोगकर्ताहरुले आफूले पठाएको मेसेज पहिलो १० मिनेट भित्र डिलिट गर्न सक्नेछन् । त्यसपछि भने त्यस्तो मेसेज अनसेण्ड हुनसक्नेछैन् । कहिलेकाँही तपाईँले दूर्घटनाबस पठाएका जानकारीहरु मेसेन्जर ग्रुपमा वा साथीलाई पठाएको खण्डमा तत्काल हटाउन सकिने छ ।

अनसेण्ड फीचरले यसअघि पठाएका मेसेजहरु भने हटाउन सकिने छैन् । अनसेण्ड फीचर प्रयोग गरिएका मेसेजहरुमा टम्बस्टोन भन्ने बटन देखिने छ जसको अर्थ पठाएको मेसेज पुन फिर्ता भएको भन्ने बुझिन्छ ।

हाल यो फीचर पोल्याण्ड, बोलिभिया, कोलम्बिया र लिथुनियामा आइओएस र एन्ड्रोयड प्रयोगकर्ताहरुका लागि शुरु भएको छ ।

फेसबुक प्रवक्ताकाअनुसार यो फीचर विश्वभर सकेसम्म छिटै शुरु हुनेछ । यसबाहेक फेसबुकले अन्य किसिमका अनसेण्ड फीचरहरु पनि ल्याउने तयारी गरेको छ ।

स्रोत

easy care

प्रकाशित: २९ कार्तिक २०७५, बिहीबार