राजविराजमा अनलाइन सपिङ बजार संचालन, एप्स र वेबसाइटमार्फत सामान किनबेच गर्न सकिने

Technology Khabar २७ कार्तिक २०७५, मंगलवार

राजविराजमा अनलाइन सपिङ बजार संचालन, एप्स र वेबसाइटमार्फत सामान किनबेच गर्न सकिने

काठमाडौं ।

सप्तरी । राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ ।

राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा तीन वर्षीया अदिती कर्णले रिबन काटेर उद्घाटन गरेको गोकार्ट मेघा स्टोरमा एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिनेछ ।

संस्थाले तयार गरेको एप्स र वेबसाइटमार्फत राजविराज नगरका ग्राहकले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल र बिक्री गर्न सक्नेछन् । सञ्चालक केशव कर्णले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने बताए ।

राजविराजमा आधुनिक सुपरमार्केट र मिनीमार्ट नखुलेको अवस्थामा एप्स वा वेबसाइटमार्फत ग्राहकलाई चाहिएको सामान प्रत्येक वडाका स्थानीय प्रतिनिधिमार्फत डेढ घण्टाभित्र घरमै पुर्याइदिने अर्का सञ्चालक ललित रजकले बताए ।

ग्राहकले भुक्तानी नगरी पाँच सयदेखि दुई हजारसम्मका सामान घरमा मगाउन सक्ने र त्योभन्दा बढीको समान भने बैंकको खातामा ४० प्रतिशत जम्मा गरेर मगाउन सकिने रजकले जानकारी दिए ।

मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न किसिमका सामान किनमेल गर्न सहज भएको राजविराज–१४ का रामअवतार यादवले बताए ।

नगरभित्र सुलभ तथा सहज इन्टरनेट सेवाको योजना लागू गर्ने बताएका सञ्चालक कर्णले अत्याधुनिक स्मार्ट फोन बोक्ने वर्तमान पुस्ताको वृद्धिसँगै अनलाइन सपिङले राम्रो बजार लिने विश्वास व्यक्त गरे ।

Global Bank
easy care

प्रकाशित: २७ कार्तिक २०७५, मंगलवार