स्मार्ट टेलिकमको डबल डाटा अफर, डाटा प्याक र रिचार्ज कार्ड किन्दा दोब्बर डाटा पाईने

Technology Khabar २५ कार्तिक २०७५, आईतवार

स्मार्ट टेलिकमको डबल डाटा अफर, डाटा प्याक र रिचार्ज कार्ड किन्दा दोब्बर डाटा पाईने

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुका लागि डबल डाटा योजना सार्वजनिक गरेको छ । कम्पनीको सो योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने छ ।

स्मार्टको कुनै पनि डाटा प्याक खरिद गर्दा ग्राहकले डबल डाटा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ५ सय एमबी, १ जीबी, २ जीबी र ५ जीबी डाटा प्याक खरिद गर्दा सोही अनुसार थप दोब्बर डाटा उपलब्ध गराउने भएको हो ।

कम्पनीले सो योजना रिचार्ज कार्डको खरिदमा पनि लागू गरेको छ । अब हरेक रिचार्जमा अतिरिक्त डाटा प्राप्त गर्न सकिन्छ । २०० एमबी देखि ३ जीबीसम्म रिचार्ज मार्फत अतिरिक्त डाटा पाइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार १ सय को रिचार्ज गर्दा, ग्राहकलाई ९८ दशमलव ४ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने २ सय एमबी डाटा, १० मिनेट टक टाइम र १० वटा एसएमएस को थप लाभ पाइने छ ।

२ सयको रिचार्ज गर्दा १ सय ९६ दशमलव ८ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने ४ सय एमबी डाटा, २० मिनेट टकटाइम र २० वटा एसएमएस को थप लाभ पाइने छ भने ५ सयको रिचार्ज गर्दा ४ सय ९० दशमलव २० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने १.५ जीबी डाटा, १०० मिनेट टकटाइम र १०० वटा एसएमएस को थप लाभ पाइने छ ।

त्यस्तै रु १,००० को रिचार्ज गर्दा ९८०.४० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने ३ जीबी डाटा, २०० मिनेट टकटाइम र २०० वटा एसएमएसको थप लाभ पाइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले यो योजना स्मार्टको ‘फ्रिडम क्याम्पेन’ अन्तर्गत प्रस्तुत गरेको जनाएको छ ।

TK Viber

प्रकाशित: २५ कार्तिक २०७५, आईतवार

Loading...