डिटिसी ग्राण्ड ओरियो एस ३० स्मार्टफोन बजारमा, एन्ड्रोइड गो अपरेटिङ सिस्टममा आधारित बजेट स्मार्टफोन

Technology Khabar २५ कार्तिक २०७५, आईतवार

डिटिसी ग्राण्ड ओरियो एस ३० स्मार्टफोन बजारमा, एन्ड्रोइड गो अपरेटिङ सिस्टममा आधारित बजेट स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । डिटिसी मोबाइल फोन्सले नयाँ आकर्षक डिटिसी ग्राण्ड ओरियो एस ३० फोन (DTC Grand Oreo S30) नेपाली बजारमा प्रस्तुत गरेको छ ।

डिटिसी ग्राण्ड ओरियो एस३० मा विशिष्ट डिजाइनको ५ इन्चको स्क्रीन रहेको छ । डिटिसी ग्राण्ड ओरियो एस ३० मा प्रयोग भएको ५ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, साथमा अटो फोकस र दुवैतिर भएको एलईडी फ्ल्यासले सबैलाई प्रभावित गर्ने कम्पनीको दाबी छ ।

डिटिसी ग्राण्ड ओरियो एस ३० बजेट स्मार्टफोनमा फाइभ पोइन्ट टच सेन्सरसहितको सहितको कभ्र्ड बडी छ ।

यसको रियर क्यामरामा आर्टिफिसियल इन्टेलीजेन्स प्रविधियुक्त सेन्सर रहेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरि सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ, जसमा ब्यूटी फेस एआई प्रविधि रहेको छ ।

सिङ्गापुरमा डिजाइन गरिएको डिटिसी ग्राण्ड ओरियो एस ३० फोनमा दुईवटा सिमकार्ड प्रयोग गर्न सकिन्छ भने यो स्मार्टफोनमा एन्ड्रोइड गो ८.१ ओएस अपरेटिङ सिस्टम, क्वाड–कोर प्रोसेसर र २५०० एमएएच ब्याट्री रहेको छ ।

बजेट सेग्मेन्टको यो स्मार्टफोनमा १ जीबी र्याम, ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म क्षमता बढाउन सकिन्छ ।

डिटिसी ग्राण्ड ओरियो एस ३० फोन ४ विभिन्न रङ कालो, रातो, निलो र गोल्ड कलर अप्सनमा उपलब्ध छ । डिटिसी ग्राण्ड ओरियो एस ३० बजेट स्मार्टफोनको बजार मूल्य ८ हजार २ सय ९५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २५ कार्तिक २०७५, आईतवार