दराज डटकमको ‘११.११ सेल डे’ मा ग्राहकलाई झुक्याउँदै, छुट भन्दै महंगो मूल्यमा सामान बिक्री

Technology Khabar २५ कार्तिक २०७५, आईतवार

दराज डटकमको ‘११.११ सेल डे’ मा ग्राहकलाई झुक्याउँदै, छुट भन्दै महंगो मूल्यमा सामान बिक्री

काठमाडौं ।

काठमाडौँ । नेपाली ईकमर्श साइट दराज डटकमले आज २४ घण्टाको लागि अनलाइनमा सेल डे मनाईरहेको छ । चिनियाँ टेक कम्पनी अलिबाबाले किनेको दराज डटकमले चिनियाँ संस्करणको ११ः११ सेल डेमा ८० प्रतिशतसम्मको छुट दिने दाबी समेत गरेको छ।

दराजले आज नोभेम्बर ११ तारिखमा सेल डे मनाईरहँदा नेपाली ग्राहकहरुले भने दराज डटकमबाट ठगिएको महशुस गरेका छन् ।

दराजले यसअघि सस्तो मूल्यमा बिक्री गरिरहेका सामानहरु पनि सेल डेमा अफर भनेर महंगो मूल्यमा बिक्री गरेको भेटिएको ग्राहकहरुले गुनासो गरेका हुन् ।

नेपाली ग्राहकहरुलाई ई-कमर्शप्रति आकर्षित बनाउन भनेर चिनियाँ शैलीको सेल डे आयोजना गरेको दाबी गर्ने दराजले सामाजिक संजालहरुमा भने नराम्रो प्रतिकृया पाईरहेको छ ।

कतिपय सामाग्रीहरुमा भने अन्य ई-कमर्श साइटहरुभन्दा महंगो मूल्यमा बिक्री गरिरहेको भेटिएको छ । जसले गर्दा ग्राहकहरुलाई ई-कमर्श प्रति नै नकारात्मक संदेश जानसक्ने देखिएको छ ।

 

यसको बारेमा फेसबुक ग्रुप, ट्विटर, मेसेजिंग च्याटहरुमा पनि दराजले अत्यधिक महंगोमा सामाग्री बिक्री गरेर ‘सेल डे’ भनेर झुक्याएको भन्दै प्रतिकृयाहरु व्यक्त भएका छन् ।

हेरौं सामाजिक संजालमा देखिएका प्रतिकृयाहरु-

 

एकजना पाठकले पठाएको दराज डटकम र नेपालकै एउटा अर्को वेबसाइटमा राखिएको एउटै सामानको फरक फरक मूल्यहरु

 

 

यति मात्र नभई अन्य धेरैले यो विषयमा कमेन्ट गरिरहेका छन् ।

तपाईँ दराज डटकमको सेल डे काे बारेमा के भन्नुहुन्छ कमेन्टमा लेख्नुहोस् ।

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ कार्तिक २०७५, आईतवार

ताजा समाचार