एप्पलका आइफोन, आइप्याडसहितका उत्पादनहरु अब अमेजनको वेबसाइटमार्फत बिक्री गर्ने

Technology Khabar २४ कार्तिक २०७५, शनिबार

एप्पलका आइफोन, आइप्याडसहितका उत्पादनहरु अब अमेजनको वेबसाइटमार्फत बिक्री गर्ने

काठमाडौं ।

काठमाडौँ । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनीहरु एप्पल र अमेजन नयाँ आइफोनहरु अमेजन डटकम मार्फत बिक्री गर्नका लागि सहमत भएका छन् ।

अमेजनले नयाँ आइफोन, आइप्याड, म्याक कम्प्यूटर, एप्पल वाच र एप्पल टिभी आफ्नो वेबसाइटबाट बिक्री गर्ने जानकारी दिएको छ । यसका साथै ब्राण्डेड एसेसरिज, हेडफोनहरु पनि बिक्री गर्नेछ ।

एप्पलले हालै आइफोन एक्स एस र आइफोन एक्स एस म्याक्स सेप्टेम्बरमा लन्च गरिएको थियो ।

यसअघि अमेजनले केबल पुराना आइफोनहरु मात्र बिक्री गर्ने गर्दथ्यो ।

‘अमेजन निरन्तर आफ्नो कस्टमर अनुभवलाई सुधार गर्न लागिरहेको छ, हामी एप्पल र बिट्सको उत्पादनहरु विश्वभर पुर्याउन लागिरहेका छौं,’ अमेजनले भनेको छ ।

यसअघि एप्पल र अमेजनबिच विवाद हुँदै आएको थियो । सन् २०१५ मा अमेजनले एप्पल टिभी बिक्रीगर्न बन्द गरेको थियो भने सन् २०१६ मा एप्पलले अमेजनको विरुद्ध कानूनी मुद्धा दायर गरेको थियो ।

एप्पलले एप्पलको स्पीकर भने बेच्नेछैन् । यस्तो किसिमको उत्पादन अमेजनको आफ्नै भएको कारण उसले होमपड भने बिक्री गर्ने छैन् ।

easy care

प्रकाशित: २४ कार्तिक २०७५, शनिबार