तस्विरः गूगल

स्मार्टफोनको बजार माग इतिहासमै पहिलो पटक नकारात्मक बिन्दूमा, यस्तो छ माग घट्नुको कारण

काठमाडौँ । कयौं वर्ष निरन्तर वृद्धि हुँदै गएको विश्व स्मार्टफोन बजार माग अब भने ठप्प हुने अवस्थामा पुगेको छ । विश्व स्मार्टफोन बजारमा पहिलो पटक सन् २०१८ मा कमी आउने भएको छ । यसको अर्थ स्मार्टफोनको माग स्थीर बिन्दुमा आईपुगेको हो ।

विश्व स्मार्टफोन बजारको अध्ययन गर्ने संस्था काउन्टरपोइन्टका अनुसार सन् २०१८ मा पहिलो पटक १.३ प्रतिशतको कमी आउने छ । यो स्मार्टफोनको इतिहासमा नै पहिलो पटक हुनेछ ।

सन् २०१७ को चौथो चौमासिकदेखि नै स्मार्टफोनको बजार नकारात्मक वृद्धि भएको थियो भने यो सालको सेप्टेम्बरको त्रैमासिक र डिसेम्बरको त्रैमासिकमा पनि नकारात्मक वृद्धि निरन्तर हुने अनुमान रहेको छ । वर्षौंदेखिको वृद्धिपछि स्मार्टफोन बजार अन्तत रोकिने अवस्थामा आईपुगेको छ ।

काउन्टरपोइन्टका अनुसन्धान निर्देशक टम कांगले भने, ‘कयौं बजारहरु नयाँ स्मार्टफोनको माग र रिप्लेसमेन्टका लागि यसअघि नै अधिकतम स्तरमा पुगिसेका छन् । जे भएतापनि गत वर्ष उपभोक्ताहरुले उनीहरुसँग जतिबेला अवसर थियो त्यो अवसरमा उत्कृष्ट डिभाइस खरिद गरिसकेका छन् ।’

अधिक महंगो डिभाइस खरिदको परिणामले रिप्लेसमेन्टको चक्रको लम्बाईलाई बढाएको छ, विशेषतः जतिबेला तपाईँको आम्दानी सिमित हुन्छ ।

स्मार्टफोनको बजार वृद्धि नकारात्मक भएपनि समग्रमा स्मार्टफोनको आम्दानी भने गत वर्षको भन्दा ९ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तो वृद्धिदर अघिल्लो वर्ष केवल ७ प्रतिशत मात्र थियो ।

आउने वर्षमा पनि यो ट्रेण्ड निरन्तर रहने अनुमान गरिएको छ जबकी एप्पलले आफ्नो नयाँ आइफोनहरु अझ महंगो मूल्यमा ल्याउने छ भने सामसंगको फोल्डेबल स्मार्टफोन र ५जी स्मार्टफोनहरु पनि आउनेक्रममा हुनेछन् । तर पनि स्मार्टफोनको भोल्यूम न्यून वृद्धि नै रहनेछ ।यस्तो छ स्मार्टफोनको बजार माग घट्नुको कारण

काउन्टरपोइन्टकाअनुुसार स्मार्टफोनको माग घट्नुका कारण कयौं रहेका छन् । यसमा सबैभन्दा महत्वपूर्ण विश्व अर्थतन्त्रमा आएको कमी मुख्य कारण हो भने बढ्दो बजारहरुमा एक्सचेन्ज रेटले पारेको असर रहेको छ । त्यसैगरि अमेरिका र चीनबिचको व्यापार युद्धले पनि यसलाई अझ असर पारेको छ ।

केहि बजारहरुमा भने अत्यधिक प्रतिस्पर्धाको कारण बजार शिथिल भएको देखिएको छ । तर मागमा भएको कमीले उपभोक्ताहरुको व्यवहारमा परिवर्तन हुने आशंका गरिएको छ ।

स्रोत