अपटेड समाचार

ह्वावेको नयाँ मेटबुक १३ नोटबुक सार्वजनिक, एप्पलको म्याकबुक एयर भन्दा पातलो र हलुका

काठमाडौँ । ह्वावेले आफ्नो नयाँ मेटबुक १३ लन्च गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममा नयाँ मेटबुक १३ (Matebook 13) उहान रिसर्च इन्टिच्यूटमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले मेटबुक एक्स प्रो, मेटबुक एक्स, मेटबुक डि, मेटबुक ई लगायतका रेन्जहरु सार्वजनिक गरेको थियो ।

यो नयाँ नोटबुकमा न्यारो-स्क्रीन फूल-स्क्रीन डिजाइन राखिएको छ । ह्वावे मेटबुक १३ मा नयाँ एस्थेटिक डिजाइन अपनाईएको छ । यसको सरफेस एलुमिनियम एलोय सेरामिक स्याण्डब्लास्टिंग प्रोसेसद्धारा बनाईएको छ ।

ह्वावेको नयाँ मेटबुक १३ तीन कलर भेरिएन्टमा आउँछ, जसमा डिप स्पेस ग्रे, सिल्भर मून र चेरी पाउडर गोल्ड कलर छ । ह्वावे मेटबुक १३ को अधिकतम तौल १.२८ किलोग्राम छ भने यो १४.९ एमएम पातलो रहेको छ ।

ह्वावेको मेटबुक १३ परम्परागत किसिमको नोटबुक उत्पादन हो जसमा १३ इन्चको आइपीएस स्क्रीन रहेको छ, जसकोे रिजोल्यूशन २१६०ह१४४० पिक्सेल छ । यसको स्क्रीन रेसियो ३ः२ रहेको छ ।

ह्वावेको नयाँ नोटबुकमा इन्टेलको ह्वीस्की लेक कोर आई सेभेन ८५६५यू प्रोसेसर प्रयोग गरिएको छ । यसले केबल १३ वाट पावर मात्र उपयोग गर्ने दाबी गरिएको छ । त्यसैगरि यसमा ग्राफीक्स कार्डमा यूएचडी६२० अथवा एभिडिया एमएक्स १५० अप्सनमा प्रयोग गरिएको छ ।

यो मेटबुक १३ मा ८ जीबीको र्याम राखिएको छ भने २५६ जीबीको हार्ड डिस्क रहेको छ । यसमा ४२ एमडब्लू ब्याट्री राखिएको छ ।कनेक्टिभिटीको लागि ह्वावे मेटबुक १३ मा यूएसबी टाइप सी, ३.५ एमएम हेडफोन ज्याक राखिएको छ ।

ह्वावेले आफ्ना नोटबुकहरुको तुलना धेरै जसो एप्पलको म्याकबुकसँग गर्ने गर्दछ । ह्वावेको नयाँ मेटबुक १३ एप्पलको म्याकबुक एयर भन्दा ६ प्रतिशत पातलो रहेको दाबी समेत गरेको छ ।

ह्वावेकाअनुसार मेटबुक १३ ले पहिलो पटक ह्वावे शेयर ३.० टेक्नोलोजी सपोर्ट गर्दछ । यो प्रविधि पहिलो पटक कम्पनीको मेट २० सिरिजको स्मार्टफोनमा देखिएको थियो । मेट २० सिरिजले तपाईँको नयाँ नोटबुकमा १००० वटा फोटोहरु केबल २ मिनेटमा पठाउन सक्दछ । यो एनएफसीमा आधारित फीचर हो ।

ह्वावेले नयाँ मेटबुक १३ को मूल्य भने सार्वजनिक गरेको छैन् ।