यस्तो छ ४ लाख रुपैयाँ पर्ने एप्पलको आइफोन एक्स एस, हिरा, सुन र गोहिको छालाद्धारा निर्मित

Technology Khabar २२ कार्तिक २०७५, बिहीबार

यस्तो छ ४ लाख रुपैयाँ पर्ने एप्पलको आइफोन एक्स एस, हिरा, सुन र गोहिको छालाद्धारा निर्मित

काठमाडौं ।

काठमाडौँ । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले केहि महिना अघि मात्र आफ्नो नयाँ फोन आइफोन एक्स एस र आइफोन एक्स एस म्याक्स सार्वजनिक गरेको थियो । विश्वभर चर्चामा रहेको यो स्मार्टफोन अब लक्जरी डिभाइस उत्पादन कर्ता लिजेण्डले थप आकर्षक रुपमा बजारमा ल्याएको छ ।

महंगो फोनको रुपमा परिचित आइफोनको लग्जरी सिरिजमा लिजेण्डले आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्सका साथै एप्पल वाच फोरको मास्टरपिस तयार पारेको हो ।

कम्पनीले आएफोन एक्स एस तथा एक्स एस म्याक्सको पछाडिको भागमा हिराका टुक्राहरु, गोहिको छाला र कार्बन फाइबर जोडेर यसलाई निकै आकर्षक र मूल्यबान बनाएको छ । कम्पनीले सो आइफोनको मूल्य ३००० यूरो भन्दा माथि अर्थात ४ लाख रुपैयाँ भन्दा बढि तोकेको छ । कम्पनीले बेज प्राइसअन्तरगत आइफोन एक्स एसको ५१२ जीबी आन्तरिक स्टोरेज भर्सनको मूल्यलाई आधार मानेपनि तपाईँले त्यो भन्दा कम स्टोरेज भएको आइफोन एक्सएस किन्दा भने करिब २०० यूरो सस्तो पाउनुहुन्छ ।

त्यस्तै आइफोन एक्सएस म्याक्सको लग्जरी भर्सनको मूल्य भने बेस प्राइसको भन्दा १३० यूरो महंगो पर्नेछ ।

लिजेण्डले तयार पारेको विशेष एप्पल वाच फोरको मूल्य भने २७९० यूरो तोकिएको छ । जसमा गोल्ड फिनिसिंगका साथमा विशेष लेदर बेल्टका साथ उपलब्ध हुनेछ ।

लिजेण्ड कम्पनीले तयार पारेको लग्जरी आइफोन मध्ये सबैभन्दा महंगो लू भर्सनको आइफोन एक्स एस रहेको छ जसको मूल्य ३,९२० यूरो तोकिएको छ ।

माध्यम

प्रकाशित: २२ कार्तिक २०७५, बिहीबार