गूगलले प्ले स्टोरमा क्रेडिट रकम दिँदै, तपाईँले पनि गूगल प्ले स्टोरमा निशुल्क रकम प्राप्त गर्नुभयो ?

Technology Khabar २० कार्तिक २०७५, मंगलवार

गूगलले प्ले स्टोरमा क्रेडिट रकम दिँदै, तपाईँले पनि गूगल प्ले स्टोरमा निशुल्क रकम प्राप्त गर्नुभयो ?

काठमाडौँ । पैसा कसलाई आवश्यक छैन र ? तपाईँ पनि निशुल्क पैसा पाउन अवश्य पनि चाहनुहुन्छ होला ? यदि तपाईँ एन्ड्रोयडको स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईँले निशुल्करुपमा केहि रकम प्राप्त गर्न सक्नुहुन्छ । तपाईँ एन्ड्रोयडमा आधारित स्मार्टफोन प्रयोगकर्ता हो भने खुशीको खबर छ । गूगलले प्ले स्टोरमा तपाईँलाई निश्चित रकम क्रेडिटको रुपमा दिँदैछ ।

तपाईँले पैसा प्राप्त गर्नको लागि आफ्नो एन्ड्रोयड स्मार्टफोनमा गूगल प्ले स्टोर एप खोल्नुपर्नेछ । यस्तो एप हरेक एन्ड्रोयड स्मार्टफोनमा उपलब्ध हुन्छ ।

यो एपमार्फत तपाईँले संभवत फ्रि प्ले स्टोर क्रेडिट प्राप्त गर्न सक्नुहुन्छ, जून न्यूनतम १ अमेरिकी डलरदेखि ५ अमेरिकी डलर(करिब ११८ रुपैयाँदेखि ५९० रुपैयाँ )सम्म हुनसक्नेछ । यो कुनैपनि स्थानबाट प्राप्त गर्न सकिनेछ ।

तपाईँले त्यस्तो रकम पाए नपाएको हेर्नका लागि गूगल प्ले स्टोर खोल्नुपर्नेछ र त्यसमा स्क्रोल गरेर त्यसको तल्लो भागमा हेर्नुस् । यदि तपाईँ ती भाग्याशाली प्रयोगकर्ताहरुमध्ये १ जना हुनुहुन्छ भने तपाईँले क्रेडिट प्राप्त गर्नुहुनेछ । तपाईँले क्रेडिट पाएको जानकारी त्यहाँ भएको सानो ब्यानरले दिनेछ ।

तर यदि तपाईँले प्ले स्टोरको तल्लो भागमा गएर पनि केहि अपेक्षित एप्सहरु देख्नुभएन भने तपाईँले यो पटक त्यो भाग्य गूमाउनुभएको छ ।
गूगलले हालसम्म क्रेडिट दिएको बारेमा कुनै घोषणा गरेको वा जानकारी दिएको छैन, त्यसैले यो कस्तो प्रकारको प्रबद्र्धन हो भन्ने बुझ्न सकिएको छैन् ।

यस्तो क्रेडिट विशेषगरि गूगल पिक्सेल ३ र पिक्सेल ३एक्सएल प्रयोगकर्ताहरुको प्ले स्टोरमा उपलब्ध रहेको छ, जो अमेरिकामा रहेका छन् ।तर पनि विश्वका सबैजसो एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ताहरुले सो क्रेडिट पाएको अनुमान गरिएको छ । छिमेकी मुलुक भारतसहित बेलायत, फिलिपिन्समा पनि केहि प्रयोगकर्ताले पनि यस्तो क्रेडिट रकम पाएको प्रतिकृया दिएका छन् ।

हालसम्म कस्ता कस्ता प्रयोगकर्ताले यस्तो क्रेडिट पाए भन्ने अनुमान गर्न कठिन भएपनि विश्वभर विभिन्न देशका प्रयोगकर्ताहरुले यस्तो क्रेडिट पाएको प्रतिकृया दिएका छन् ।

यदि तपाईँले पनि आफ्नो स्मार्टफोनको गूगल प्ले स्टोरमा यस्तो निशुल्क रकम प्राप्त गर्नुभएको छ भने तपाईँले त्यहाँ जानकारी दिने इमेज ब्यानरमा ट्याप गरेर सम्बन्धित निर्देशनहरुको पालना गर्न सक्नुहुनेछ ।

यस्तो क्रेडिट रकम तपाईँको गूगल खातामा जानेछ र प्ले स्टोरमा आफूलाई मन परेका गेम वा एपहरु खरिद गर्न प्रयोग गर्न सक्नुहुन्छ । तर तपाईँले पाएको क्रेडिट रकम सब्सक्रिप्सन वा इन एप पर्चेजका लागि भने प्रयोग गर्न पाउनु हुनेछैन् ।

यस्तो क्रेडिट २ वर्षसम्म प्रयोग गर्न सकिने अनुमान छ । त्यसैले किन ढिला गर्नुहुन्छ ? अहिले नै आफ्नो एन्ड्रोयड स्मार्टफोनको गूगल प्ले स्टोर खोल्नुस र गूगलले दिएको क्रेडिट प्रयोग गरिहाल्नुस् ।

नेपालमा यो क्रेडिट लिमिट उपलब्ध छ वा छैन भन्ने अहिलेसम्म जानकारी छैन् । यदि तपाईँले नेपालभित्रै यस्तो क्रेडिट लिमिट गूगल प्ले स्टोरमा प्राप्त गर्नुभयो भने हामीलाई कमेन्टमार्फत जानकारी दिन सक्नुहुन्छ ।

माध्यम

प्रकाशित: २० कार्तिक २०७५, मंगलवार

Comments are closed.

Loading...