सिटिजन्सद्वारा ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ ।

बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको जानकारी दिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।