बजाज पल्सर एनएस १६० टिडि (टुइन डिस्क) नेपाली बजारमा

Technology Khabar २० कार्तिक २०७५, मंगलवार

बजाज पल्सर एनएस १६० टिडि (टुइन डिस्क) नेपाली बजारमा
Classic Tech

काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।

यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याईएको छ । जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एंड ग्लसी पेव्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ।

बाइकमा १७ इञ्च एलोए ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीको भनाई छ ।

पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।

यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गियरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ।

पल्सर एनएस १६० टिडिले अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टिडिको मूल्य २ लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: २० कार्तिक २०७५, मंगलवार

Loading...