ओपोको ए सेभेन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी, ठूलो स्क्रिन र डुअल क्यामेरा सेटअप

Technology Khabar १८ कार्तिक २०७५, आईतवार

ओपोको ए सेभेन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी, ठूलो स्क्रिन र डुअल क्यामेरा सेटअप

काठमाडौं ।

काठमाडौं । ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल ए सेभेन (A7) सार्वजनिक गर्ने घोषणा गरेको छ ।

शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)समर्थ क्यामेरा र शक्तिशाली ब्याट्री लगायत आकर्षक फिचर्स सुसज्जित ए सिरिज अन्तर्गतको नयाँ ओपो ए सेभेन मितब्ययी मूल्यमा सार्वजनिक गरिने कम्पनीको भनाई छ ।

उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका साथमा सार्वजनिक गरिएको ए सिरिज ओपोकै बेष्ट सेलिङ स्मार्टफोन अन्तर्गत पर्छ । एआई २.० सुसज्जित १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा र १३ एमपी प्लस २ एमपी डुअल रियर क्यामेरा तथा ४ हजार २ सय ३० एमएएच

क्षमताको शक्तिशाली ब्याट्री सहितको नयाँ ओपो ए सेभेनले नेपालभरका आफ्ना उपभोक्तालाई आकर्षित गर्नेमा कम्पनी विश्वस्त छ ।

अत्याधुनिक फिचर्सका साथै, वास्तविक तथा प्राकृतिक देखिने सेल्फी लिन सघाउने क्यामेरा सहितको ए सेभेन मितब्ययी मूल्यमा उपलब्ध गराउने तयारीमा कम्पनी रहेको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मितब्ययी मूल्यमै डुअल क्यामेरा सेटअप, ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथै अत्याधुनिक फिचर्स सुसज्जित फोन प्रयोग गर्न पाइयोस् भन्ने उपभोक्ता, विशेषगरी यूवा चाहनाको कदर गर्दै हामीले ए-सिरिज अन्तर्गतका फोन उपलब्ध गराएका हौं ।’

त्यसैगरी एथ्री एसले शक्तिशाली ब्याट्री र डुअल क्यामेरा सेटअप तथा ८८.८ प्रतिशत उच्च रेसियो स्क्रिन सहितको सुपर फुल स्क्रिन डिस्प्ले मार्फत निकै लोकप्रियकता कमायो । नयाँ ओपो एसेवेनमा समाहित गरिएका पृथक डिजाइन, अत्याधुनिक फिचर्स तथा प्रविधिले ए सिरिजको लोकप्रियतालाई थप उचाई प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

easy care

प्रकाशित: १८ कार्तिक २०७५, आईतवार

ताजा समाचार