तपाईँको मोबाइल फोनको मेमोरी कार्ड बिग्रीयो ? पैसा खर्च नगरेर पनि यसरी ठीक गर्नसकिन्छ

Technology Khabar १७ कार्तिक २०७५, शनिबार

तपाईँको मोबाइल फोनको मेमोरी कार्ड बिग्रीयो ? पैसा खर्च नगरेर पनि यसरी ठीक गर्नसकिन्छ
Classic Tech

काठमाडौँ । आजभोली हरेक स्मार्टफोन यूजर्सले आफ्नो मोबाइल फोनमा मेमोरी कार्डको प्रयोग गर्ने गर्दछन् । यसमा यूजर्सले आफ्नो फोनमा निजी फोटोहरु, भिडियोहरु समेत विभिन्न डकुमेन्टहरु सुरक्षित गरेका हुन्छन् ।

तर कहिलेकाँही प्रयोग गरिरहेको यस्तो मेमोरी कार्ड बिग्रन सक्दछ । यस्तो बेलामा तपाईँले खराब मेमोरी कार्डलाई कसरी ठिक गर्न सक्नुहुन्छ भनेर केहि टिप्स दिँदैछौं ।

कसरी खराब हुन्छ मेमोरी कार्ड ?

मेमोरी कार्ड खराब हुने एउटा सबैभन्दा ठूलो कारण स्मार्टफोन नै हो । फोनमा इन्टरनेटमा ब्राउजिंग गर्ने समय या कुनै तेस्रो पक्षिय एपलाई डाउनलोड गर्ने बेलामा फोनमा कहिले यदि भाइरस आउन सक्दछ । यस्तो भाइरसले फोनका साथ साथै मेमोरी कार्डलाई पनि असर गर्दछ । एन्ड्रोयड डिभाइसमा भाइरस आउने संभावना अधिक हुन्छ र यस्तोमा एन्ड्रोयड डिभाइसमा राखिएको मेमोरी कार्ड छिटै खराब हुन्छ ।

कसरी ठिक गर्ने बिग्रेको मेमोरी कार्ड ?

सबैभन्दा पहिलो यो ध्यान दिनुपर्दछ की करप्ट भएको मेमोरी कार्ड ठिक गर्न अधिकतम समयमा सहज छैन् । अधिकांश समयमा त्यसलाई फरम्याट गरेर मात्र ठिक गर्न सकिन्छ । तर यस्तो गर्दा तपाईँको सम्पूर्ण डेटाहरु डिलीट हुनेछन् ।

मेमोरी कार्ड यसरी गर्नुस क्लिन

  • सबैभन्दा पहिलो तपाईँले आफ्नो बिग्रेको मेमोरी कार्डलाई कम्प्यूटर वा ल्यापटपसँग जोड्नुहोस् । यसको लागि केहि ल्यापटपमा कार्ड रिडरको प्रयोग गर्न सकिन्छ । यसपछि विण्डोजको स्टाटृ बटनमा क्लिक गरेर सर्च बक्समा जानुहोस् ।
  • अब त्यहाँ अंग्रेजीमा सीएमडी ‘cmd’ लेखेर इन्टर गर्नुस् ।
  • अब यहाँ तपाईँलाई मेमोरी कार्ड फरम्याट गर्नका लागि एक कमाण्ड टाइप गर्नुपर्ने हुन्छ । यसमा टाइप गर्नुस् (*: /fs:FAT32)
  • यसपछि यहाँ तपाईँको मेमोरी कार्डको नाम देखिन्छ । उदाहरणको लागि यदि तपाईँले मेमोरी कार्डको नाम एबीसी राख्नुभएको छ भने त्यसमा पनि एबीसी लेखिएको देखिन्छ । त्यसपछि तपाईँले फेरी इन्टर बटन थिच्नुस्, त्यसपछि यसमा हो वा होईन भन्ने अप्सन आउँछ । र तपाईँले हो भन्नेमा क्लिक गर्नुस् ।
  • तपाईँले यसमा क्लिक गर्नुहुन्छ भने तपाईँको मेमोरी कार्ड फम्र्याट हुन शुरु हुन्छ ।
  • केहि सेकेण्डपछि तपाईँको मेमोरी कार्ड फरम्याट भएर खाली हुनेछ । जसलाई तपाईँले पुन प्रयोग गरेर आफ्ना डाटाहरु सुरक्षित गर्न सक्नुहुन्छ ।
TK Viber

प्रकाशित: १७ कार्तिक २०७५, शनिबार

Loading...