दराज ११.११– विश्वकै सबैभन्दा ठूलो सेल डे, प्रत्येक घण्टामा ग्राहकलाई अफर र दिनभरी नै उपहार

Technology Khabar १६ कार्तिक २०७५, शुक्रबार

दराज ११.११– विश्वकै सबैभन्दा ठूलो सेल डे, प्रत्येक घण्टामा ग्राहकलाई अफर र दिनभरी नै उपहार

काठमाडौं ।

काठमाडौं । ईकमर्श साइट दराजले (Daraz) यही आउँदो नोभेम्बर ११ अर्थात कार्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने तयारी गरेको छ ।

यो कार्यक्रमलाई बृहत्तर ई–कमर्श संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ । नेपालमा पनि अनलाइन किनमेलको लागी नयाँ किसिमको तयारी शुरु भएको कम्पनीले जानकारी दिएको छ ।

दराज ११.११ सेल नोभेम्बर ११/कार्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ । यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महा छुट प्रदान गरिनेछ । यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्नेछ । १००० भन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरुका साथ यसभन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको पहुँच हुनेछ । ११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमा अनुभव दिलाउनेछ ।

‘हामी हाम्रा ग्राहकहरुलाई यस्तो चिज दिंदैछौं जुन वहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएन । ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन्,’ दराज नेपालका प्रबन्ध निर्देशक राजीव अमात्यले प्रष्ट पार्दै भने ।

दराजको ११.११ मा क-कसले भारी छुट दिइरहेका छन् ?

दराज ११.११ सेलले औद्योगीक क्षेत्रका सर्वश्रेष्ठ ब्राण्डहरुलाई एकै ठाऊँमा ल्याएको छ । एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनम गीयर्स र होलिडे प्याकेजहरुले आकर्षक डिलहरुका साथ थप भाउचरहरु प्रदान गर्नेछन् ।

हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै) उत्पादनका विविधिकरणहरु अत्याधिक मूल्य कटौतीका साथ देख्न सकिनेछ । हजारौं ब्राण्डहरु ११.११ को क्रान्तिकारी उत्सवमा सहभागी हुँदैछन्, त्यो पनि उत्कृष्ट मोलहरु र बृहत्तर कम्बो डिलहरु प्रदान गरेर ।

दराज ११.११ लाई कसरी सजिलै प्राप्त गर्न सकिन्छ ?

स्मार्टफोन भएका एकले दराज एप तुरुन्तै डाउनलोड गर्नुपर्नेछ अनि हजारौ उत्पादनहरुमा पाइने उत्कृष्ट छुट एवं डिलहरुसम्म सहज पहुँच हुनेछ ।

१. ग्राहकहरुले नयाँ र उत्साहजनक ११.११ डिलहरुमा पहुँच पाउन दराज एप डाउनलोड गर्नु पर्दछ । उनीहरुले त्यसलाई आफ्नो शपिंग कार्टमा जोड्न सक्नेछन् र नोभेम्बर ११/कार्तिक २५ का दिन फटाफट चेक आउट गर्नका लागि तयार रहन सक्नेछन् ।

२. ग्राहकहरुले आफ्नो प्रिय ब्राण्डहरुको तर्फबाट डिलहरु र भाउचरहरु उपलब्ध भएको देख्न सक्नेछन् र पछिल्लो डिलहरुको बारेमा जानकार भैरहन औपचारिक स्टोरहरु फलो गनुपर्नेछ ।

३. ११.११ सेल अचम्मै अचम्मले भरिएको हुनेछ । फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, अन्य डिलहरु र भाउचरहरु प्रत्येक घण्टामा प्रस्तुत भैरहनेछन् । ग्राहकले जति धेरै ११.११ मा एप अवलोकन गर्दछ, त्यति नै उत्कृष्ट अनुभव हासिल गर्ने कम्पनीको भनाई छ ।

दराज एपसँग क्यूआर कोड स्क्यान गर्नुहोस् र आकर्षक पुरस्कारहरु जित्नुस्

एक धमाकाका साथ ११.११ को शुभारम्भ गर्न, दराजले स्ट्याण्डिज र फ्लाएरहरु जस्ता विभिन्न माध्यमहरुमा क्यूआर कोडहरु प्रदर्शन गरिरहेको हुनेछ । यस्ता माध्यमहरु विभिन्न बैकका शाखाहरु, १०० भन्दा धेरै रेष्टुँराहरु, मानव बिलबोर्डहरु जो सार्वजनिक स्थलहरुमा घुमिरहनेछ, दराजको डेलिभरी प्याकेजहरु, र दराज समाजिक सञ्जाल पेजहरु तथा इ– समाचारपत्रहरुमा प्रदर्शित गरिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

ताजा समाचार