Technology Khabar १५ कार्तिक २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । एस-पेन सामसङको नोट सिरिजको एउटा अभिन्न विशेषता हो । यो अन्य फोनमा नपाइने हुँदा कतिपयले एस-पेन कै लागि भएपनि नोट सिरिजका फोन किन्छन् । नोट ९ मा भने एस- पेनले झनै बिशेष फिचरहरु लिएर आएको छ ।
एस-पेनले अब तपाईंहरुलाई स्क्रिनमा लेख्न, चित्र कोर्न मात्र नभई एउटा रिमोट कन्ट्रोलको पनि काम गर्छ । सामसङ यसमा ब्लुटूथ जडान गरिएको छ जसले तपाईंलाई टाडै बाट फोटो खिच्न, एप्स खोल्न, प्रेजेन्टेसन दिंदा स्लाइड परिवर्तन गर्न, पोइन्ट गर्न र गीत सुन्दा गीत बदल्न पनि मदत गर्छ ।
एस-पेन चलाउँदा सामसुङले स्क्रिनमा तपाईंलाई धेरै टिप्स पनि दिने गर्छ | एस-पेन बारे बिस्तृत जानकारी तल पढ्नुस् ।
एस-पेनमा लो-इनर्जी ब्लुटूथ जडान गरिएको छ । तपाईंले एस-पेन ३० फिटको दुरीसम्मबाट चलाउन सक्नुहुन्छ ।
तपाईंले एस-पेन कतै बिर्सिनु भयो भने पनि फोनमा अलार्म बज्छ । तपाईंले आफ्नो एस-पेनमा भएको बटनले एक क्लिक वा दुई क्लिक गर्दा के गर्ने, कुन एप्स खोल्ने भनेर पनि सेटिंग मिलाउन सक्नुहुन्छ ।
एस-पेनको सबै भन्दा उत्कृष्ट फिचर भनेको स्क्रिन अफ हुँदा पनि लेख्न मिल्ने हो । यो फिचरले आफुलाई टिप्न मनलागेको कुरा एकदम सजिलो बनाई दिन्छ । तपाईंले आफ्नो प्रिय एप्सहरु एस-पेनको Air View स्क्रिनमा सर्टकटको रुपमा राख्न सक्नुहुन्छ ।
तपाईंले स्प्रेडसिट एप्लिकेसन जस्तै एक्सेल चलाउँदा र ठुला ठुला लेखहरुमा परिवर्तन ल्याउनुपर्दा एस-पेन को पोइन्टरले सहि ठाउँ सेलेक्ट गर्न एकदमै मदत पुर्याउछ । तपाईंले केहि पढिराख्नु भएको छ र ट्रास्लेट गर्नमन लागे पेनले Air View मार्फत ट्रास्लेट गरिएको शब्द देखाउँछ ।
एस-पेनमा ब्लुटुथ भएकोले यसलाई चार्ज गर्नुपर्छ तर यसलाई छुट्टै चार्ज गर्न पर्दैन् । सामसुङले यसलाई फोन भित्र राख्दा त्यहिँ चार्जहुने बनाएको छ । एस-पेनलाई ४० सेकेन्ड मात्रैपनि चार्जगर्दा ३० मिनट सम्म चलाउन सकिन्छ जुन निकै सराहनिय छ ।
यो नयाँ एस-पेन चलाउन निकै सजिलो छ भने ब्लुटुथ पनि हुँदा थप काम गर्न सकिने भएको छ । एस-पेनले गर्दा सामसङ ग्यालेक्सी नोट ९ लाई अझ उत्कृष्ट बनाएको छ ।
टेक्नोलाेजी खबरका लागि विवेक मिश्रको रिभ्यू
प्रकाशित: १५ कार्तिक २०७५, बिहीबार