एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एयर र म्याक मिनी लन्च, आइओएस १२.१ मा ड्यूल सिम सपोर्ट

Technology Khabar १४ कार्तिक २०७५, बुधबार

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एयर र म्याक मिनी लन्च, आइओएस १२.१ मा ड्यूल सिम सपोर्ट

काठमाडौं ।

काठमाडौं । एप्पलले मंगलवार नयाँ आइप्याडदेखि म्याकबुक एयरसम्मको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले हार्डवेयरमा आधारित रहेर आयोजना गरेको इभेन्टमार्फत कम्पनीले विभिन्न उत्पादनहरु सार्वजनिक गरेको हो ।

आइप्याड प्रो

एप्पलको सो इभेन्टमा कम्पनीले नयाँ आइप्याड प्रो सार्वजनिक गरेको छ । जून पूर्णरुपमा नयाँ डिजाइनमा आएके छ । नयाँ आइप्याडहरु ११ इन्चर १२.९ इन्चको डिस्प्लेसहित आएको छ जसमा विशेषगरि होम बटन हर्टाइएको छ । यसअघि एप्पलले आइफोन एक्समा यस्तो फीचर राखेको थियो ।

त्यसैगरि यसमा निकै कम बेजेल राखिएको छ भने यसमा ए१२एक्स बायोनिक चीप प्रयोग गरिएको छ । नयाँ आइप्याडहरु १ टेराबाईटको आन्तरिक स्टोरेजसहित आएका छन जून निकै ससक्त रहेको छ । एप्पलले नयाँ आइप्याडहरु पोर्टेबल पिसीहरु भन्दा ९२ प्रतिशत तिब्रगतिमा संचालन हुने दाबी गरेको छ ।

आइप्याडमा होम बटन नभएपनि यसमा अनलक गर्नका लागि फेसआईडी फीचर राखिएको छ भने फोटो तथा भिडियोका लागि ७ मेगापिक्सेलको फ्रन्ट क्यामरा तथा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ ।

एप्पल आइप्याडहरुमा पहिलो पटक यूएसबी टाइप सी प्रयोग गरिएको छ जून फोन चार्ज गर्न वा अन्य डाटा सार्न प्रयोग हुनेछ ।
एप्पलको ११ इन्चको नयाँ आइप्याड प्रोको शुरुवाती मूल्य ७९९ अमेरिकी डलरदेखि माथि छ भने १२.९ इन्चको आइप्याड प्रोको मूल्य ९९९ अमेरिकी डलरदेखि शुरु हुन्छ । यी दुबै प्याडहरु नोभेम्बर ७ तारिखदेखि शुरु हुनेछ ।

म्याकबुक एयर

एप्पलले ढिलै भएपनि म्याकबुकको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले म्याकबुक प्रोलाई करिब ६ वर्षपनि अपडेट गरेको छ ।
नयाँ म्याकबुक एयरमा १३.३ इन्चको स्क्रीन स्लिम बेजेल रहेको छ । त्यस्तै यसमा टचआईडी फिंगरप्रिन्ट सेन्सर कि बोर्डको दायाँ कुनाको भागमा राखिएको छ । त्यसैगरि यसको कीबोर्डलाई एप्पलको बटरफ्लाई मेकानिज्म कीको रुपमा परिवर्तन गरिएको छ ।

यसमा यसअघिको भन्दा २० प्रतिशत ठूलो फोर्स टच ट्याकप्याड राखिएको छ भने यसको स्पीकरहरु पनि २५ प्रतिशत भन्दा बढि आवाज दिने किसिमका छन् । एप्पलले नयाँ म्याकबुक एयरको बडी शतप्रतिशत रिसाइकल गर्न सकिने एलुमिनियमबाट बनाईएको दाबी गरेकोछ ।

म्याकबुक एयरमा दुईवटा थण्डरबोल्ट पोर्टहरु छन भने यसमा इन्टेलको आई फाइभ सीपीयू राखिएको छ । नयाँ म्याकबुक एयरमा १६ जीबीसम्मको र्याम छ भने यसको स्टोरेज एसएसडी १.५ जीबीसम्मको अप्सनमा रहेको छ ।

एप्पलको नयाँ म्याकबुक एयरको मूल्य १,१९९ डलरदेखि शुरु हुनेछ ।

म्याक मिनी

एप्पलले सो इभेन्टमा म्याक मिनीको नयाँ अपडेट पनि सार्वजनिक गरेको छ । कम्पनीले नयाँ म्याक मिनीलाई फोर कोर र सिक्स कोर मोडलमा ल्याएको छ जसमा २ जीबीसम्मको एसएसडी स्टोरेज तथा ६४ जीबीसम्मको मेमोरी कार्ड हुनेछ । यसमा नयाँ थर्मल सिस्टम प्रयोग गरिएको छ जसले थप चिसो बनाई राख्दछ ।

म्याक मिनीमा ४ वटा थण्डरबोल्ट पोर्ट, एचडीएमआई, र २ यूएसबी टाइप ए पोर्टहरु छन् । म्याक मिनीको शुरुवाती मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।

एप्पल पेन्सिल

टेक कम्पनीले एप्पल पेन्सिललाई पनि सूधार गरेर नयाँ भर्सनमा ल्याएको छ । कम्पनीले नयाँ आइप्याड प्रोका लागि भनेर यसमा पेन्सिललाई म्याग्नेटिक बनाएको छ । यो अटोमेटिकरुपमा आइप्याडसँग पेयर गर्न र वायरलेस चार्जिंगको लागि संचालन हुन्छ । त्यसैगरि यसले जेस्चर पनि सपोर्ट गर्दछ ।

आइओएस १२.१ भर्सन

यसअघ नै अपेक्षा गरिएजस्तै एप्पलले आइओएस १२ मा पहिलो पटक ठूलै अपडेट गरेकोछ ।नयाँ अपरेटिंग सिस्टमको अपडेटमा एकैपटक ३२ जनासँग च्याट गर्न सक्ने सूविधा फेसटाइममा थप गरिएको छ । त्यसैगरि यसमा ७० नयाँ ईमोजी पनि थप थरिएको छ भने आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरका लागि ड्यूल सिम सपोर्ट गर्ने फीचर ल्याएको छ ।

easy care

प्रकाशित: १४ कार्तिक २०७५, बुधबार

ताजा समाचार