इसेवाको तिहार अफर सार्वजनिक, एयरलाइन्स् टिकटमा शतप्रतिशत रकम क्यासब्याक पाइने

Technology Khabar १३ कार्तिक २०७५, मंगलवार

इसेवाको तिहार अफर सार्वजनिक, एयरलाइन्स् टिकटमा शतप्रतिशत रकम क्यासब्याक पाइने
Classic Tech

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनि इसेवा फोन पे प्रालिले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

अफर अन्तरगत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो अफर कात्तिक २० गतेसम्म सञ्चालन हुने कम्पनीको भनाई छ ।

इसेवाले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सय भन्दा बढिले उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

Loading...