Technology Khabar १३ कार्तिक २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौँ । वानप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस सिक्स टी (OnePlus 6T) सार्वजनिक गरेको छ । कम्पनीले न्यूयोर्कमा आयोजित एक इभेन्टमा नयाँ फोन सार्वजनिक गरेको हो ।
कम्पनीले वानप्लस सिक्सको अपग्रेडेट भर्सनको रुपमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
वानप्लस सिक्स टीमा धेरै परिवर्तन नभएपनि कम्पनीकाअनुसार यसमा क्यामरा, ब्याट्री र डिस्प्लेमा अपग्रेड गरिएको छ ।
वानप्लस सिक्स टीमा ६.४ इन्चको फूलएचडी एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन २३४०x१०८० पिक्सेल राखिएको छ । फोनको स्क्रिनलाई कोर्निंग गोरिल्ला ग्लास ६ प्रोटेक्शन दिईएको छ । यो फोनको स्क्रीनमा पहिलेको तुलनामा निकै सानो वाटरड्रप नोच राखिएको छ ।
फोनको विशेषताको रुपमा इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर छ, जसले स्क्रीनलाई ०.३४ सेकेण्डमा अनलक गर्न सक्दछ ।
फोनमा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट प्रयोग गरिएको छ भने यो फोन ६ जीबी र ८ जीबी र्याम अप्सनमा उपलब्ध हुनेछ । त्यस्तै फोन दुई स्टोरेज भेरिएन्टहरु १२८जीबी र २५६ जीबी स्टोरेज छ ।
फोटोग्राफीका लागि फ्रन्टमा १६ मेगापिक्सेलको सोनी आईएमएक्स ३७१ सेन्सर राखिएको छ । फोनमा १६प्लस ० मेगापिक्सेलको रियर क्यामरा छ ।
वानप्लस ६ टीमा पावरको लागि ३७०० एमएएचको ब्याट्री प्याक छ भने यो फोन एन्ड्रोयड ९.० मा आधारित अक्सिजन ओएसमा संचालन हुन्छ ।
यो स्मार्टफोन पहिलो पटक अमेरिकी बजारमा टी मोबाइलका साथमा बण्डलिंगमा उपलब्ध भएको छ जहाँ नोभेम्बर १ तारिखदेखि किन्न सकिनेछ । छिमेकी मुलुक भारतमा भने मंगलबार लन्च हुँदैछ ।
वानप्लस सिक्स टीको अन्तराष्ट्रिय बजारमा मूल्य ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ५४९ डलर, ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ५७९ डलर र ८जीबी र २५६ जीबी स्टोरेजको मूल्य ६२९ अमेरिकी डलर रहेको तोकिएको छ ।
नेपालमा कहिले आउँछ ?
वानप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन नेपाली बजारमा पनि ल्याउने भएको छ । नेपालमा यो स्मार्टफोन आईहव प्रालिले आयात तथा बिक्री गर्दै आएको छ ।
संभवत यो स्मार्टफोन नोभेम्बरको दोस्रो तारिख अर्थात तिहारसकिने बित्तिकै नेपाली बजारमा आउनेछ ।
नेपालमा वानप्लस सिक्स टी शुरुवातमा अनलाइन सेल्सका लागि मात्र उपलब्ध हुनेछ जहाँ यसको एक्सक्लूसिभ मूल्य राखिने तयारी भएको कम्पनी स्रोतले जानकारी दियो ।
प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार