अब मानिसले नभई रोबोटले नै उत्पादन गर्नेछ रोबोट, चीनमा नयाँ फ्याक्ट्रि तयार हुँदै

Technology Khabar १२ कार्तिक २०७५, सोमबार

अब मानिसले नभई रोबोटले नै उत्पादन गर्नेछ रोबोट, चीनमा नयाँ फ्याक्ट्रि तयार हुँदै
Global IME Bank

काठमाडौं ।

काठमाडौँ । आगामी दिनहरुमा रोबाटले नै रोबोट बनाउने छ भन्दा अचम्म पर्न पर्दैन् । अहिलेसम्म मानिसहरुले नै रोबोट्हरु बनाउने गरेकोमा अब भने फ्याक्ट्रिमा रोबोटले नै रोबोट बनाउने भएको हो ।

चीनको संघाईमा अवस्थित एबीबी फ्याक्ट्रिमा रोबोटले नै रोबोट बनाउने भएको हो । एबिबि, स्वीस इन्जिनियरिंग ग्रुपले चीनको सबैभन्दा ठूलो इण्डष्ट्रियल रोबोटहरु निर्माण गर्नको लागि १५० मिलियन डलरमा फ्याक्ट्रि तयार पार्न लागेको हो ।

सो फ्याक्ट्रि एबिबिएसको चाइना रोबोटिक क्याम्पस नजिकै अवस्थित छ र यो सन् २०२० को अन्त्यसम्म संचालनमा आउने छ । सो फ्याक्ट्रिबाट चीनका लागि रोबोटहरु उत्पादन गरिने छ साथै एशियाली देशहरुमा पनि निर्यात गरिनेछ । एबिबिएसको लागि चीन अमेरिकी बजार पछि दोस्रो ठूलो बजार हो ।

चीनले आफ्नो रोबोट्स कामदारहरुको बिस्तार गरिरहेको छ । यसको मूख्य कारणमा चीनमा श्रमिकहरुको बढ्दो श्रम मूल्य हो । जसको कारण चीनले उत्पादनमा प्रतिस्पर्धा गर्नका लागि अत्यधिक अटोमेशन गर्ने प्रयास गरिरहेको छ ।

सन् २०१७ को तथ्यांकअनुुसार विश्वमा बिक्री भएका प्रत्येक ३ रोबोट्स मध्ये एउटा चीनमा जाने गरेको थियो, जसमा कुल १३८,००० यूनिट रहेको थियो ।

कम्पनीकाअनुसार एबिबिको नयाँ ७५ हजार स्क्वायर फिटको फ्याक्ट्रिमा सफ्टवेयरको माध्यमबाट मानिस र रोबोट्स दुबैले कामगर्न सकिने गरि सूरक्षित बनाईएको छ । जहाँ कम्पनीको यूमी(YuMi) रोबोट्सले मानिसहरुसँगसँगै काम गर्नेछ ।

स्रोत

Sajilo Visa

प्रकाशित: १२ कार्तिक २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार