भन्सार छली गरेर ल्याएका ४४ थान मोबाइल काठमाडौं ल्याउँदै गर्दा बरामद

Technology Khabar ११ कार्तिक २०७५, आईतवार

भन्सार छली गरेर ल्याएका ४४ थान मोबाइल काठमाडौं ल्याउँदै गर्दा बरामद
NTC_Advt

काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउने यात्रुबाहक बसमा भन्सार छलीको मोबाईल भेटिएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरले शनिबार महाकाली यातायातको महेन्द्रनगरदेखि काठमाडौँका लागि छुटेको लु २ ख १९४३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलि गरेर ल्याएको १५ लाख बराबरका मोबाईल बरामद गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले विशेष सूचनाका आधारमा सो बसबाट ओपो, सामसंगको नोट ९ लगायतका ४४ थान मोवाईल बरामद गरिएको सञ्चार माध्यमलाई जानकारी दिए ।

बसभित्र लुकाइरहेको अवस्थामा भन्सार नकाटेको र महङ्गा/महङ्गा मोबाईल रहेको उनले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
कसको मोबाईल हो भन्ने बारेमा नखुलेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

माध्यम

प्रकाशित: ११ कार्तिक २०७५, आईतवार