फेसबुक मेसेन्जर अब नयाँ भर्सनमा आयो, नयाँ अप्शन उपलब्ध

Technology Khabar ८ कार्तिक २०७५, बिहीबार

फेसबुक मेसेन्जर अब नयाँ भर्सनमा आयो, नयाँ अप्शन उपलब्ध

काठमाडौं ।

काठमाडौँ । सोशल मिडिया कम्पनी फेसबुकले आफ्नो च्याटिंग एप मेसेन्जरलाई नयाँ भर्सनमा सार्वजनिक गरेको छ । नयाँ एपको इन्टरफेसलाई नयाँ रुप र पहिलेको भन्दा सजिलो बनाईएको छ । हालको फेसबुक मेसेन्जरमा अलग अलग ९ ट्याब छन तर एपको नयाँ भर्सनमा यसलाई कम गरेर केलब ३ वटा बनाईएको छ ।

फेसबुक मेसेन्जरका भाइस प्रेसिडेन्ट स्टान चुनोभ्सकीले एक इभेन्टमा नयाँ भर्सनलाई पहिलेको भन्दा छिटो, आकर्षक र नयाँ फीचरहरु जोडिएको जानकारी दिए ।

यसमा राखिएको तीन ट्याबमध्ये पहिलो ट्याब च्याटिंग ट्याब हो जसले साथीहरुसँग गरिएको च्याटिंगलाई देखाउँछ, त्यसैगरि दोस्रो ट्याबमा एक्टिभ यूजर्स र स्टोरेज हेर्न सकिनेछ भने तेस्रो ट्याबमा गेम्स र बिजनेजसँग जोडिएको च्याट हेर्न सकिनेछ ।

हाल फेसबुक मेसेन्जरमार्फत एक महिनामा १० अर्ब म्यासेज एक आपसmessमा आदान प्रदान हुँदै आएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

ताजा समाचार