होटेल स्नोल्याण्डको शुरुवातसँगै पोखरामा अब ओयोका ५०० कोठाहरु पुगे

Technology Khabar ८ कार्तिक २०७५, बिहीबार

होटेल स्नोल्याण्डको शुरुवातसँगै पोखरामा अब ओयोका ५०० कोठाहरु पुगे
Classic Tech
Nepal Telecom

पोखरा । ओयोको होटेल श्रृंखलाले पोखरामा होटेल स्नोल्याण्डको उद्धघाटनसँगै आफ्नो बिशिष्ठ कोठाहरुको सङ्ख्या ५०० पुर्याएको छ ।

४२ कोठा भएको यो होटेलको उद्धघाटन पोखरा महानगरपालिकाका धनबहादुर नेपालीले गरेका थिए । पोखरा प्रीमियर लिगको हस्पिटालिटि पार्टनर रहेको ओयोको सो होटेलले सो समयमा सयौं ग्राहकहरुलाई आतिथ्यता प्रदान गर्ने बताईएको छ ।

हाम्रो प्राविधिक सहयोगले उनीहरुलाई होटेल सन्चालनमा अझ सशक्त भई उच्च गुणस्तरीय ग्राहक अनुभव प्रदान गर्न मद्दत पुगेको छ । यस कार्यमा सहयोग दिनका लागि हामीले अनलाइन र अफलाइन माध्यमबाट कर्मचारी प्रशिक्षण, बजारीकरण र उच्चस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने गरेकाछौं, नेपालका लागि ओयोका कन्ट्री हेड निशिध हलानिले भने ।

हालको लन्चसंगै पोखरामा ओयोका कोठाहरू संख्यामा ५०० पुगेका छन् । नेपालभरि ८० भन्दा बढी होटलहरूको साथ साझेदारी गरिसकेको ओयोका १४०० प्लस आरामदायी, आधुनिक सुविधायुक्त, एयरकंडीशनिंग, सफा लिनन, निस्शुल्क वाई फाई, टेलिभिजन र ७ दिन २४ घन्टाकै सुविधायुक्त सुसज्जित कोठा कम्तिमा प्रति रातको रु ९०० देखि औसतमा रु २,००० मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यो कम्पनी पोखरा प्रिमियर लीगको लागि आधिकारिक आतिथ्य साझेदार पनि हो र खेलाडी तथा अतिथिलाई यस शहरका ओयो होटेलहरुमा आतिथ्य पनि गरिनेछ ।

विश्वभर ३५० भन्दा बढी शहरहरुमा होटेल श्रृंखला रहेको ओयोको भारत, चीन, मलेशिया, नेपाल, यूके, यूएई, र हालैमा इन्डोनेशिया समेत गरि सात सात वटा देशहरुमा १२,००० सम्पत्ति साझेदारहरू फैलिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

Comments are closed.

Loading...