तपाईँको स्मार्टफोनमा सिग्नलको समस्या आईरहेको छ? यी तरीकाहरु अपनाएर समाधान गर्नुस्

Technology Khabar ३ कार्तिक २०७५, शनिबार

तपाईँको स्मार्टफोनमा सिग्नलको समस्या आईरहेको छ? यी तरीकाहरु अपनाएर समाधान गर्नुस्

काठमाडौं ।

काठमाडौँ । स्मार्टफोनमा सिग्नल नहुने वा कुराकानी हुँदै गर्दा फोन काटिने समस्या अधिकांशले भोग्दै आएका हुन् । यस्तो कारणले गर्दा कल ड्रप हुने, इन्टरनेटको स्पीड स्लो हुने, खराव भ्वाइस क्वालिटी जस्ता समस्याहरु आउने गर्दछन् ।

मोबाइल फोन अहिलेको आधारभूत आवश्यकता बनिसकेको अवस्थामा फोनमा खराब नेटवर्कका कारण यूजर्सलाई निकै समस्या हुने गर्दछ । यस्तो समस्याको समाधान गर्ने उपायहरु पनि छन् । केहि उपायहरुबाट सिग्नलमा हुने समस्यालाई कम गर्न सकिन्छ, जसले तपाईँको फोनको सिग्नल स्ट्रेन्थ बढ्छ र तपाईँले आरामले फोन प्रयोग गर्न सक्नुहुन्छ ।

१ फोनमा लगाएको कभर वा केसलाई हटाउनुस्

यदि तपाईँ आफ्नो स्मार्टफोनमा कस्तो किसिमको कभर वा केस प्रयोग गर्नुहुन्छ त्यसले पनि सिग्नलको स्ट्रेन्थलाई देखाउँछ । अधिकांश यूजर्सले स्मार्टफोनलाई सुरक्षित र फुट्नबाट जोगाउन मोटो वा रग्ड कभर÷केसको प्रयोग गर्ने गर्दछन् । यसले मोबाइलको नेटवर्कलाई कमजोर बनाउन सक्छ । त्यसैगरि यस्तो कभर वा केसले फोनको एन्टीना ब्याण्डस ब्लक नहुने विषयमा ध्यान दिनुपर्छ ।

२ स्मार्टफोन र मोबाइल टावरबीचको अवरोध हटाउनुस्

तपाईँलाई आश्चार्य लाग्यो होला स्मार्टफोन र मोबाइल टावरबीच कस्तो किसिमको अवरोध हुन्छ भनेर । तपाईँको फोनले मोबाइलको टावरबाट निरन्तर सिग्नल प्राप्त गर्छ । यस्तो बेलामा बीचमा कयौं किसिमका अवरोधहरु आउने गर्दछ, जसले गर्दा तपाईँको मोबाइलको सिग्नल कमजोर हुन्छ । मोबाइल टावरबाट आउने सिग्नलले विभिन्न अवरोध पार गरेर तपाईँको मोबाईलसम्म सिग्लन आउँछ ।

फोन र टावर बीचको अवरोध अग्ला अग्ला घरहरु, मेटल, कंक्रीट स्ट्रक्चरलगायतले गर्दा हुन्छ । त्यस्तै गहिरो स्थानमा हुँदा पनि सिग्नलमा अवरोध हुन्छ । त्यसैले तपाईँले त्यस्तो अवरोधहरु हटाउने वा त्यहाँबाट पर खुला स्थानमा जानुहोस् । साथै तपाईँको स्मार्टफोनलाई अन्य इलेक्ट्रोनिक उपकरणहरु र मेटल अब्जेक्टहरुबाट पर राख्नुहोस् ।

३ मोबाइल फोनको ब्याट्री सेभिंग

स्मार्टफोनलाई यसरी बनाईएको हुन्छ की जतिबेला ब्याट्री लो हुन्छ ब्याट्री सेभिंग अप्शन आफैं अन हुन्छ । यस्तो बेलामा फोनको ब्याट्री कम हुँदा फोनको सिग्नल सर्च गर्न निकै कठिन हुन्छ । यस्तोमा तपाईँ जून एप्सको प्रयोग गर्नुहुन्न त्यसलाई तत्काल बन्द गरिदिनुस् । साथै ब्लूटूथ, वाईफाई जस्ता अन्य कनेक्टिभिटी अप्सनहरु पनि बन्द गर्नुहोस् । यसले तपाईँको फोनको ब्याट्री कम खर्च हुन्छ र त्यसले सिग्नल सर्च गर्न सहयोग गर्दछ ।

४ सिम कार्ड जाँच्नु होस्

कहिलेकाँही फोनमा सिग्नल देखाउँदैन् । यस्तो अवस्था सिम बिग्रँदा वा सिममा धुलोहरु जम्मा हुँदा हुने गर्दछ । कुनैपनि फोनको सिग्नल स्ट्रेन्थ फोनको सिम कार्डमा पनि निर्भर गर्दछ । त्यसैले यस्तो समस्याहरुबाट मुक्त हुन बेला बेलामा फोनमा हुने सिम कार्ड ट्रेलाई सफा गरिरहनुपर्दछ ।

यदि सिम कार्ड बिग्रीएको छ भने मोबाइल कम्पनीको सर्भिस सेन्टर गएर नयाँ सिम कार्ड लिन सक्नुहुन्छ ।

५ टूजी/थ्रीजी नेटवर्कमा स्विच गर्नुहोस्

नेपालका अझैपनि अधिकांश भूभागहरुमा फोरजी नेटवर्क पुगेको छैन र पुगेको स्थानहरुमा पनि सिग्नलको समस्या आउने गरेको छ । अहिले आउने अधिकांश फोरजी नेटवर्क सपोर्ट गर्ने फोनहरु भएपनि मोबाइल फोनहरुलाई यसरी बनाईएको हुन्छ की कुनैपनि नेटवर्क मोडका सिग्नल कमजोर भएमा आफैं दोस्रो मोडमा स्वि चगर्दछ ।

तर, कहिलेकाँही डिभाइसले प्रायोरिटी नेटवर्क मोडलाई नै जोड दिनेहुँदा कतिपय बेला कल ड्रप हुने, इन्टरनेट चलाउन नसकिने समस्या हुन्छ । त्यसैले फोरजीको साटो थ्रीजी वा टूजी नेटवर्क प्रयोग गर्नु ठिक हुन्छ । यसको लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

एन्ड्रोयड यूजर्सका लागि

कनेक्शन सेटिंग्समा जानुस् । फेरी मोबाइल नेटवर्कमा ट्याप गरेर नेटवर्क मोडलाई क्लिक गर्नुस् । अब तपाईँले २जी/३जीको विकल्प छनौट गर्नुस् ।

आइफोन यूजर्सका लागि

सेटिंग्समा जानुस् । फेरी सेल्यूलरमा ट्याप गरेर सेल्यूलर डाटा अप्सन्सलाई क्लिक गर्नुस् । अब इनेबल फोरजीलाई डिसेबल गर्नुस् ।

यति गरिसकेपछि तपाईँको स्मार्टफोनले मोबाइलको टावरबाट लिने कमजोर सिग्नलमा पनि सामान्य किसिमले काम गरिरहेको हुन्छ ।

easy care

प्रकाशित: ३ कार्तिक २०७५, शनिबार