एप्पलले नयाँ आइप्याड र म्याकबुक एयर सार्वजनिक गर्दै, अक्टोबर ३० तारिखलाई निम्तो पठाउँदै

Technology Khabar ३ कार्तिक २०७५, शनिबार

एप्पलले नयाँ आइप्याड र म्याकबुक एयर सार्वजनिक गर्दै, अक्टोबर ३० तारिखलाई निम्तो पठाउँदै

काठमाडौं ।

काठमाडौँ । एप्पलले अक्टोबर ३० तारिखमा नयाँ डिभाइसहरु लन्च गर्ने भएको छ । कम्पनीले गएको सेप्टेम्बरमा नयाँ आइफोनहरु लन्च गरेको थियो, अब भने कम्पनीले म्याकबुक र आइप्याड सार्वजनिक गर्ने भएको हो । कम्पनीले आइफोन लन्चको समयमा नै नयाँ म्याकबुक एयर र आइप्याड ल्याउने चर्चा रहेपनि त्यस्तो भएन् ।

अब भने कम्पनीले म्याकबुक एयर र आइप्याडको लागि नै भनेर अक्टोबर ३० मा इभेन्ट आयोजना गर्दैछ । न्यूयोर्कमा हुने यो इभेन्टको मीडिया इनभाइट पठाउन शुरु भईसकेको रिपोर्टहरु आएको छ ।

सो इनभाइटमा कम्पनीले फरक फरक एप्पल साइजको लोगो दिएको छ । सबै इनभाइटको ट्यागलाइन ‘देयर्स मोर इन दि मेकिंग’ There’s more in the making छ । कम्पनीले सो इभेन्टमा क्याक र न्यू आई प्रोको साथ नयाँ डिभाइसहरु पनि लन्च गर्ने अपेक्षा गरिएको छ ।

रिपोर्टहरुका अनुसार आउन लागेको आइप्याड प्रोमा होम बटन हटाईएको छ । यसमा आइफोन एक्स जस्तो डिजाइन दिईएको छ, जसमा स्लिमर बेजल्स, फेसआईडीका लागि ट्रू डेप्थ क्यामरा जस्ता फीचरहरु छन् । कम्पनीले आईप्याडमा एलसीडी डिस्प्ले प्यानल राख्ने अनुमान छ ।

त्यस्तै एप्पलले डिभाइसमा अडियो सकेट हटाउनसक्नेछ भने यूएसबी टाइप सी पोर्ट हुनसक्नेछ ।

एप्पलले सो इभेन्टमा नयाँ म्याकबुक एयर पनि सार्वजनिक गर्न सक्नेछ । म्याकबुक एयरमा संभवत नयाँ डिजाइन र स्पेसिफिकेसनका साथ आउनसक्नेछ । जसमा रेटिना डिस्प्ले राखिनेछ र यो कम्पनीको इन्ट्रि लेभलको नोटबुक हुनसक्नेछ ।

सोहि इभेन्टमा कम्पनीले नयाँ एयरपड पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: ३ कार्तिक २०७५, शनिबार