ई कमर्श साइटबाट रकम तिरेर मोबाइल किन्दा जब ईँटाको टुक्रा भेटियो

काठमाडौँ । मानिसहरुको दैनिकी अति व्यस्त हुँदै जाँदा अनलाइनबाट किनमेल गर्ने तरिकामा विकास हुँदै गएको छ । तर कहिलेकाँही त्यहि अनलाइन अर्थात ई कमर्श साइटले पनि तपाईँलाई समस्यामा पार्न सक्दछ । हालै एउटा यस्तै घट्ना घटेको छ जब अनलाइन शपिंग साइटमार्फत स्मार्टफोन किन्दा हातमा भने ईँटाको टुक्रा भेटिएको छ ।

छिमेकी मुलुक भारतको महाराष्ट्रको औरंगाबादका एक व्यक्तिले चर्चित ई कमर्श साइटको विरुद्धमा मुद्धा दायर गरेका छन् । उनले ई कमर्श साइटमा स्मार्टफोन खरिदको अर्डर दिएकोमा डेलिभरी गरिएको प्याकेटमा भने ईँटा भेटिएपछि उनले मुद्धा हालेका हुन् ।

सो बारेमा त्यस क्षेत्रको प्रहरीले जानकारी दिएका हुन् । सो क्षेत्रको हुडको भन्ने स्थानका निवासी गजानन खरातले पुलिसमा मुद्धा दायर गर्दै नौ अक्टोबरमा शपिंग साइटको माध्यमबाट मोबाइल फोन खरिद गरेको र त्यसको लागि भारु ९,१३४ भुक्तानी गरेको जानकारी दिएका हुन् ।

त्यसपछि ईकमर्श कम्पनीले उनलाई एक म्यासेज पठाएको थियो र एक सातापछि मोबाइल फोन उपलब्ध गराउने जानकारी गराएको थियो ।

प्रहरी निरिक्षक मनीष कल्याणकरकाअनुसार सो व्यक्तिको गुनासोको आधारमा ई कमर्श साइटको विरुद्धमा मुद्धा दायर गरिएको हो ।

गत आईतवार खुद्रा बिक्रेतामार्फत सो मानिसलाई एक प्याकेट प्राप्त भएको थियो । जब उनले सो प्याकेट खोलेर हेरे त्यसमा मोबाइल फोनको स्थानमा ईँटाको टुक्रा भेटियो । त्यसपछि सो व्यक्तिले कुरियर गर्नेलाई बोलाएर सो बारेमा सोध्दा उनले आफ्नो काम पार्सल डेलिभरी गर्ने मात्र भएको जानकारी दियो । प्याकेटमा के छ, त्यो उसको जिम्मेबारी नभएको बतायो । त्यसपछि सो उजुरीकर्ताले ई कमर्श कम्पनीको विरुद्धमा गुनासो दर्ता गराएका हुन् । प्रहरीले धोखाधडीसँग सम्बन्धित धाराहरुको आधारमा सो मुद्धा दर्ता गरेको छ र मुद्धाको जाँच भईरहेको रिपोर्टमा उल्लेख छ ।

Cheap Sex Cam Website