एप्पलको सस्तो मूल्य पर्ने ‘आइफोन एक्सआर’ को प्रि-अर्डर खुला, नेपालमा कहिले उपलब्ध हुन्छ ?

Technology Khabar २ कार्तिक २०७५, शुक्रबार

एप्पलको सस्तो मूल्य पर्ने ‘आइफोन एक्सआर’ को प्रि-अर्डर खुला, नेपालमा कहिले उपलब्ध हुन्छ ?

काठमाडौं ।

काठमाडौँ । एप्पलले लन्च गरेको सबैभन्दा सस्तो आइफोनको रुपमा परिचित ‘आइफोन एक्सआर’ (iPhone Xr) को प्रि-अर्डर शुक्रबारदेखि शुरु भएको छ । आइफोन एक्सआर किन्नका लागि धेरै एप्पल प्रेमीहरुले प्रतिक्षा गरिरहेको रिपोर्टहरुका बिच कम्पनीेले एकै पटक विश्वभर ५० भन्दा बढि मुलुकहरुमा सो फोनको प्रि-अर्डर खुला गर्न लागेको हो ।

सो फोन थप १३ नयाँ मुलुकहरुमा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । अक्टोबर १९ तारिख अर्थात कात्तिक २ गतेदेखि आइफोन एक्सआर उपलब्ध हुनेछ ।

शुक्रबारदेखि प्रि-अर्डर गर्न सकिने सो आइफोन अक्टोबर २६ तारिख अर्थात प्रि-अर्डर गरेको करिब १० दिनपछि मात्र डेलिभरी शुरु हुनेछ ।

त्यसैगरि केहि मुलुकहरुमा भने आइफोन एक्सआरका साथै आइफोन एक्स एस (iPhone Xs) र आइफोन एक्स एस म्याक्स (iPhone Xs Max) पनि सोहि दिनदेखि प्रि-अर्डर गर्न सकिनेछ ।

आइफोन एक्स आरको माग विश्वभर निकै उत्साहजनक हुने एप्पल विश्लेषक मिंग ची कुओले यसअघि नै बताएका थिए । उनकाअनुसार गत वर्षको आइफोन ८ को बिक्रीभन्दा पनि धेरै आइफोन एक्स आर बिक्री हुनेछ । आइफोन एक्स आरको मूल्य ७४९ अमेरिकी डलरदेखि शुरु हुन्छ ।

छिमेकी मुलुक भारत र चीनमा पनि शुक्रबारदेखि नै प्रि-अर्डर शुरु हुनेछ ।

नेपालमा कहिले आउँछ ?

नेपाली बजारमा पनि आइफोनको नयाँ मोडलहरु उपलब्ध हुने यसअघि नै हामीले जानकारी दिईसकेका छौं । स्थानिय बजारमा तीन वटै मोडलका आइफोनहरु उपलब्ध हुनेछन् । जसमा आइफोन एक्स एस, आइफोन एक्स म्याक्स र आइफोन एक्स आर रहेका छन् ।

कम्पनीले यसको लागि आयातको प्रकृया शुरु गरिसकेको छ भने संभवत आइफोनको सबै मोडलहरु नेपालमा आधिकारिक रुपमा एकै पटक सार्वजनिक हुनेछन् । सो फोनहरु अक्टोबरको अन्तिममा नेपालमा उपलब्ध हुने कम्पनी सम्बद्ध जानकारले बताए ।

नेपालमा अहिले दशैं महोत्सव चलिरहेको र सरकारी तथा निजीकार्यालयहरुका साथै अधिकांश बजारहरु समेत बन्द हुने हुँदा आइफोनका नयाँ मोडल उपलब्ध हुन केहि समय लाग्ने देखिन्छ ।

नेपालमा एप्पलका उत्पादनहरु आधिकारिकरुपमा जेनेरेशन नेक्स्टले आयात तथा बिक्री गर्दै आएको छ ।

त्यसैगरि नेपाली बजारमा नयाँ आइफोनहरुको मूल्य कति हुन्छ भन्ने जानकारी आईसकेको छैन् ।

तर अहिले पनि अवैध बाटोबाट भित्रिएका आइफोनका नयाँ मोडलहरु बजारमा निकै महंगो मूल्यमा बिक्री हुँदै आएका छन् ।

Global Bank
easy care

प्रकाशित: २ कार्तिक २०७५, शुक्रबार

ताजा समाचार