क्रेडिट कार्डको साइज जत्रो आकारको स्मार्टफोन ‘पाल्म’ सार्वजनिक, मूल्य भने ३५० अमेरिकी डलर

Technology Khabar १ कार्तिक २०७५, बिहीबार

क्रेडिट कार्डको साइज जत्रो आकारको स्मार्टफोन ‘पाल्म’ सार्वजनिक, मूल्य भने ३५० अमेरिकी डलर

काठमाडौं ।

काठमाडौँ । टीसीएलको लगानी रहेको कम्पनी पाल्मले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर नयाँ अनौठो साइजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड वा आइफोन प्रयोगकर्ताहरुका लागि दोस्रो स्मार्टफोनको रुपमा प्रयोग गर्ने गरि नयाँ स्मार्टफोन ल्याएको हो ।

कम्पनीको नाम अर्थात अंग्रेजीमा ‘पाल्म’ (Palm) भनिने सो स्मार्टफोन केबल एउटा क्रेडिट कार्डको साइज जत्रो रहेको छ ।

पाल्म स्मार्टफोनमा एलसिडी प्यानल छ भने यो स्मार्टफोन वाटरप्रुफ तथा डस्ट प्रुफ रेटिंग आइपी६८ रेटिंगसहित आउँछ ।

यो स्मार्टफोनमा केबल ३.३ इन्चको एचडी डिस्प्ले राखिएको छ भने फोनको डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । फोनमा अक्टा कोर क्वालकम स्न्यापड्रागन ४३५ प्रोसेसर राखिएको छ । त्यस्तै यसमा ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

फोटोग्राफीका लागि फोनमा फ्ल्याशसहितको १२ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । पावर ब्याकअपका लागि सो स्मार्टफोनमा ८०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

फोनमा फोरजी एलटिई, ब्लूटूथ ४.२, वाईफाई, जीपीएस, ग्लोनास, तथा यूएसबी टाइप सी राखिएको छ तर फोनमा कुनै हेडफोन ज्याक छैन् ।
पाल्म नामक यो स्मार्टफोनको बजार मूल्य ३५० अमेरिकी डलर तोकिएको छ ।

Global Bank
easy care

प्रकाशित: १ कार्तिक २०७५, बिहीबार