शाओमीको नयाँ स्मार्टफोन ‘मि मिक्स ३’ आउँदै, फाइभ जी सपोर्ट गर्ने पहिलो स्मार्टफोन

Technology Khabar ३१ आश्विन २०७५, बुधबार

शाओमीको नयाँ स्मार्टफोन ‘मि मिक्स ३’ आउँदै, फाइभ जी सपोर्ट गर्ने पहिलो स्मार्टफोन

काठमाडौं ।

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीले नयाँ स्मार्टफोन मि मिक्स थ्री (Mi Mix 3) सार्वजनिक गर्ने भएको छ । कम्पनीले यहि अक्टोबर २५ तारिखमा चीनमा एक कार्यक्रमका बिच नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको पुष्टि गरेको छ ।

कम्पनीका प्रवक्ता तथा डाइरेक्टर अफ प्रोडक्ट म्यानेजर डोनोवन सुंगले हालै शाओमीकोे मि मिक्स ३ स्मार्टफोनको दुई छुट्टा छुट्टै तस्वीरहरु ‘टीज’ गरेका छन् । यसमध्ये एक तस्विरकाअनुसार फोन विचिन्न चार कलरमा उपलब्ध हुनेछ भने यसमा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट प्रयोग हुनेछ ।

शाओमीको सो स्मार्टफोनमा ६.४ इन्चको डिस्प्ले हरनेछ भने स्क्रीन टू बडि रेशियो १०० प्रतिशत हुनेछ ।

फोनमा इन स्क्रीन फिंगरप्रिन्ट स्क्यानर राखिनेछ भने फोनमा ड्यूल रियर क्यामरा हुनेछ । मि मिक्स ३ स्मार्टफोनमा १६ मेगापिक्सेल प्लस १३ मेगापिक्सेलको मूख्य क्यामरा राखिने छ भने सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

यो स्मार्टफोन ६ जीबी र ८ जीबी र्यामको भेरिएन्टमा आउनेछ । त्यसैगरि यो स्मार्टफोन शाओमीको पहिलो फाइभ जी सपोर्ट गर्ने स्मार्टफोन हुनेछ । सो फोन १० जीबी र्यामसहित आउने विभिन्न चर्चाहरु रहेका छन् । फाइभ जी भने सन् २०१९ को अन्त्यसम्ममा विकसित मुलुकहरुले विकास गर्ने अपेक्षा राखिएको हुँदा यो फोन त्यसबेला निकै उपयोगी हुनेछ ।

शाओमीको नयाँ स्मार्टफोनको मूल्यको बारेमा पनि रिपोर्टमा उल्लेख छ, जसअनुसार ६ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्य करिब ३३९९ चिनियाँ युआन हुने अनुमान छ ।

easy care

प्रकाशित: ३१ आश्विन २०७५, बुधबार