हुण्डाईको नयाँ इलेक्ट्रिक एसयूभी आउँदै, एक पटकको चार्जमा २५८ माइल कुद्नसक्ने

Technology Khabar ३१ आश्विन २०७५, बुधबार

हुण्डाईको नयाँ इलेक्ट्रिक एसयूभी आउँदै, एक पटकको चार्जमा २५८ माइल कुद्नसक्ने

काठमाडौं ।

काठमाडौँ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाईले एउटा क्रसओभर स्पोर्टस यूटिलिटी भेहिकल बिकसित गरिरहेको छ, जसको नाम कोना राखिएको छ र यो इलेक्ट्रिक भेहिकल छिटै सडकमा देखिने भएको छ ।

इनग्याजेटको रिपोर्टकाअनुसार फोर्ड, टेस्ला जस्ता कम्पनीहरुले इलेक्ट्रिक भेहिकल निकै तिब्ररुपमा विकसित गर्ने समाचारहरु आईरहेको बेला हुण्डाईले भने चुपचाप किसिमले नयाँ क्रसओभर एसयूभी तयार गरेको छ ।

कम्पनीले बनाएको सो इलेक्ट्रिक भेहिकल एक पटक चार्ज गर्दा करिब २५८ माइलको यात्रा गर्न सक्दछ, जून नन लग्जरी सेगमेन्टमा बजारमा उपलब्ध अन्य कुनै पनि इलेक्ट्रिक भेहिकलभन्दा अधिक हो ।

कोना इलेक्ट्रिक भेहिकलमा ६४ किलोवाटको लिथियम आयन पोलीमर ब्याट्री जडान गरिएको छ, जसले गाडिलाई लामो अवधिसम्म यात्रा गर्न सहज बनाउनेछ ।

कोना इलेक्ट्रिक वा कोना इभी नाम हुनसक्ने सो गाडि हालको हुण्डाई कोना ग्यास पावर्ड प्लेटफर्ममा आधारित छ । हुण्डाईको यो नयाँ एसयूभी गाडि ६ वटा कलर अप्सनमा आउने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: ३१ आश्विन २०७५, बुधबार

ताजा समाचार