नेपाल टेलिकमका ग्राहकले ५ रुपैयाँमा ‘वाउ टिभि’ हेर्न पाउने, २२ वटा सेवाहरुमा आयो अफर छानीछानी

Technology Khabar २९ आश्विन २०७५, सोमबार

नेपाल टेलिकमका ग्राहकले ५ रुपैयाँमा ‘वाउ टिभि’ हेर्न पाउने, २२ वटा सेवाहरुमा आयो अफर छानीछानी
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर असोज २९ देखि लागू भएको छ र अफर आगामी पुष २८ गते सम्म लिन सकिने छ ।

अटम अफरमा यस्तो छ विशेषता तथा सुविधाहरु

१. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।

२. अल टाइम डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ ।
अब थप बोनस समेत गरी अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँमा एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ७५ एमबी डाटा उपलब्ध हुनेछ । ५० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५८ एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५१० एमबी डाटा, २०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०८८ एमबी डाटा, ३०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १९१३ एमबी डाटा र ५०० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४५०० एमबी डाटा उपलब्ध हुनेछ ।

३. नाइट टाइम भोलुमवेस्ड डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुमवेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।

थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत अब ५ रुपैयाँमा ६८ एमबी डाटा १ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ६३८ एमबी डाटा ७ दिन सम्म र ३०० रुपैयाँमा ७६८० एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट टाइम भोलुमवेस्ड डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

४. अनलिमिटेड नाइट टाइम डाटा प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिन सम्म र २४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड १ जीबी डाटा राती १० बजे देखि विहान ६ बजे सम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सवै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ ।

५. अल टाइम सोसियल मिडिया डाटा प्याक
अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

६. अल टाइम डाटा स्ट्रिमिङ प्याक
जीएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी ११५ रुपैयाँमा १९५० एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २८ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिन अवधिका लागि र १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि उपलब्ध हुनेछ ।

७. अल टाइम फोरजी डाटा प्याक
अल टाइम जिएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १२ रुपैयाँमा ३८ एमबी डाटा १ दिनका लागि, ५० रुपैयाँमा २५५ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ६०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५३६ एमबी, ३०० रुपैयाँमा २६१२ एमबी र ५०० रुपैयाँमा ४६०८ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

८. जीएसएम थ्रिजी/फोरजी एक जीवी प्रतिदिनको डाटा प्याक
जीएसएम थ्रिजी/फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।

९. अल टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि १९० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४०० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि ११६० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ ।

१०. नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म कम्पनीकै नेटवर्कभित्र असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

११. सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम/सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ ।
यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन । त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन । यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ ।
१२. भिडियो र टिभि प्रतिघण्टा प्याक
यस अन्तर्गत २० रुपैयाँमा भिडिओ र टिभि प्रतिघण्टा हेर्न तथा ४०० एमबी डाटा चलाउन सकिने छ । जसमा १५ रुपैयाँको स्ट्रिमिङ र ५ रुपैयाँको वाउ टिभि हेर्न सकिने छ । त्यसैगरी ३५ रुयाँमा भिडियो र टिभि २ घण्टा हेर्न तथा ८०० एमबी डाटा चलाउन सकिने छ । जसमा २८ रुपैयाँको स्ट्रिमिङ र ७ रुपैयाँको वाउ टिभि हेर्न सकिने छ । साथै ५० रुपैयाँमा भिडियो र टिभि ३ घण्टा हेर्न तथा १२०० एमबी डाटा चलाउन सकिने छ । जसमा ४१ रुपैयाँको स्ट्रिमिङ र ९ रुपैयाँको वाउ टिभि हेर्न सकिने छ । यसको समयाअवधी २४ घण्टाको हुनेछ ।

१३. एसएमएस प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ ।

१४. एफटीटीएच ब्यक्तिगत प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत १ महिनाका लागि ८०० रुपैयाँ, ३ महिनाका लागि २३०० रुपैयाँ, ६ महिनाका लागि ४३०० रुपैयाँ र १ वर्षका लागि ८००० रुपैयाँमा उपलब्ध गराइएको छ । त्यसैगरी १८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ४६०० रुपैयाँ, ६ महिनाका लागि ७००० रुपैयाँ र १ वर्षका लागि १२००० रुपैयाँमा उपलब्ध गराइएको छ । साथै ३५ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ५७०० रुपैयाँ, ६ महिनाका लागि ९२०० रुपैयाँ र १ वर्षका लागि १६००० रुपैयाँमा तथा ५५ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ६३०० रुपैयाँ, ६ महिनाका लागि १०,३०० रुपैयाँ र १ वर्षका लागि १८,४०० रुपैयाँमा उपलब्ध गराइएको छ ।

१५. एफटीटीएच कर्पोरेट युजर प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ । कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि १९,५०० रुपैयाँ, ६ महिनाका लागि ३६,८०० रुपैयाँ र १ वर्षका लागि ६९,००० रुपैयाँमा उपलब्ध गराइएको छ ।

१६. एडीएसएल भोलुम प्याक
नेपाल टेलिकमले भोलुम वेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ ।

१७. एडीएसएल अनलिमिटेड प्याक
नेपाल टेलिकमले अनलिमिटेड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा ४३०० रुपैयाँमा १८० दिनसम्म र ८००० रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराएको छ ।

१८. एक घण्टा अनलिमिटेड प्याक
यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टीभ भए पश्चात १ घण्टासम्म भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् ।

१९. विद्यार्थी अफर
यस अफर अन्तर्गत कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सवै सेवा प्रयोग गर्न सक्ने छन । त्यसैगरी बाँकि ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबि डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन । यो सुविधा उपभोग गर्ने समयावधी ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध हुनेछ ।

साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस, ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्ष सम्म उपलब्ध गराइने छ ।

२० .इन्डिया कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ ।

२१ . मिस्ड कल अलर्ट
यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ ।

२२ . एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवालाई प्रबद्र्धन गर्न थप ९० दिनसम्म कम्पनीकै नेटवर्क भित्र निःशुल्क भ्वाइस सेवा उपलब्ध गराइएको छ । सो अनुसार यो अफर आगामी माघ ७ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा पुराना तथा नयाँ ग्राहकलाई उपलब्ध हुनेछ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: २९ आश्विन २०७५, सोमबार