नेपाली बजारमा शाओमीको सब ब्राण्ड पोकोफोन आउँदै, यस्तो छ पोकोफोन एफ वानको फीचर

Technology Khabar २९ आश्विन २०७५, सोमबार

नेपाली बजारमा शाओमीको सब ब्राण्ड पोकोफोन आउँदै, यस्तो छ पोकोफोन एफ वानको फीचर
Classic Tech

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीको सब ब्राण्ड पोकोफोनको स्मार्टफोन नेपाली बजारमा आउने भएको छ । पोकोफोनले मिड रेन्ज भन्दा माथिको तहका लागि सार्वजनिक गरेको स्मार्टफोन पोकोफोन वान बजारमा आउन लागेको हो ।

नेपालमा केहि साता अघि मात्र शाओमीले आधिकारिकरुपमा बजारमा उपस्थितीको घोषणा गरेको थियो भने नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरेको थियो ।

अब भने शाओमीले नेपालमा पोकोफोन ब्राण्डमा  पोकोफोन एफवान (Pocophone F1) सार्वजनिक गर्ने तयारी गरेको हो । सो फोन नेपालमा हाल टेली डिरेक्टले भित्र्याउन लागेको सो विषयमा जानकार स्रोतले बताएको छ।

‘संभवत यो फोन बजारमा तिहार अगाडि नै आउनेछ,’ स्रोतले टेक्नोलोजी खबरसँग भन्यो।

हाल शाओमीका फोनहरु नेपाली बजारमा टेली डिरेक्टका साथै वत्सल इम्पेक्सले पनि भित्र्याउने र बिक्री गर्दै आएको छ । तर पोकोफोन भने नेपालमा टेली डिरेक्टले मात्र बिक्री गर्नसक्ने अनुमान गरिएको छ ।

कम्पनीले हालसम्म सो फोनको मूल्य कति हुन्छ भनेर निर्धारण गरेको छैन् । तर छिटै बजार मूल्य तोकिने बताईएको छ ।

शाओमीको पोकोफोन एफ वान छिमेकी मुलुक भारतमा पहिलो पटक लन्च भएको थियो भने सो ब्राण्डले हाल निकै सफलता प्राप्त गरिरहेको छ । भारतमा यसको सफलतापछि शाओमीले नेपाली बजारमा पनि यसलाई उतार्न लागेको अनुमान छ ।

अर्कोतर्फ पोकोफोन एफ वान नेपाली बजारमा अनधिकृतरुपमा आयात तथा बिक्री गरिएको भेटिएको छ । नेपाली बजारमा समेत सो फोनको माग भएको हुँदा राजधानीका केहि पसलहरुमा सो फोन बिक्रीका लागि उपलब्ध भएको भेटिएको हो । नेपाली बजारमा अनधिकृतरुपमा आयात भईरहेको सो फोनको मूल्य ४५ हजारदेखि ४८ हजार रुपैयाँसम्म तोकेर बिक्री हुने गरेको एक मोबाइल पसलेले जानकारी दिए ।

नेपालमा पोकोफोन एफ वान आधिकारिकरुपमा उपलब्ध भएमा सो बजार मूल्य घट्ने अपेक्षा गरिएको छ । भारतीय बजारमा यो फोनको मूल्य ६ जीबी ६४ जीबी स्टोरेजको मूल्य २०,९९९ भारु छ भने ६जीबी १२८ जीबी स्टोरेजको मूल्य २३,९९९ भारु तोकिएको छ ।

यसअघि कम्पनीले पोकोफोन एफ वान अगस्टमा विश्व बजारमा सार्वजनिक गर्दा नेपालमा पनि सो फोन उपलब्ध हुने घोषणा गरेको थियो । तर सो फोन दुई महिना ढिलो गरि नेपाली बजारमा आउन लागेका हो ।

शाओमीले नेपाली बजारमा यो फोनको कुन कुन भेरिएन्ट ल्याउँछ र कति मूल्य कति तोकिन्छ त्यो थाहा पाउनका लागि केहि कुर्नै पर्ने हुन्छ ।

यस्तो छ फीचर-

यो स्मार्टफोनमा क्वालकमको २.८ गीगाहर्जको १० नानोमिटरको स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने एड्रिनो ६३० जीपीयू पनि छ । पोलीकार्बोनेट डिजाइनको पोकोफोन एफ वान स्मार्टफोनमा ६.१८ इन्चको फूलएचडी प्लस एलसिडी डिस्प्ले राखिएको छ । फोन डिस्प्लेको रिजोल्यूशन २३४०x१०८० रहेको छ ।

फोटोग्राफीका लागि पोकोफोन एफ वान मा ड्यूल रियर क्यामरा सेटअप छ जसमध्ये १२ मेगापिक्सेलको प्राइमरी क्यामरा तथा ५ मेगापिक्सेलको सेकेण्डरी क्यामरा राखिएको छ । सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । रियर क्यामराको ठिक मुनी फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

फोनमा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ भने क्विक सपोर्ट उपलब्ध छ ।

फोन ब्ल्याक, ब्लू र रेड तीन कलर भेरिएन्टमा उपलब्ध हुनेछ ।

तीन भेरिएन्टमा आउने पोकोफोन एफ वान ६ जीबी र्याम ६४ जीबी स्टोरेज, ६ जीबी र्याम र १२८ जीबीको स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबीको स्टोरेज अप्सनमा आउँछ ।

[poll id=”9″]

प्रकाशित: २९ आश्विन २०७५, सोमबार

Comments are closed.

Loading...