स्मार्टफोन चार्जिंग गर्दा यी विषयमा विशेष ध्यान दिनुस्, तपाईँको फोन कहिलै पड्किँदैन्

Technology Khabar २७ आश्विन २०७५, शनिबार

स्मार्टफोन चार्जिंग गर्दा यी विषयमा विशेष ध्यान दिनुस्, तपाईँको फोन कहिलै पड्किँदैन्
सांकेतिक

काठमाडौं ।

काठमाडौँ । स्मार्टफोन ब्लास्ट हुने विभिन्न घट्नाहरु बाहिर आईरहेका छन् । विभिन्न ब्राण्डका स्मार्टफोनहरु चार्जिंगको समयमा आगो लागने र जल्ने समस्याहरु देखिएका छन् । स्मार्टफोन पड्किएर मानिसको नै मृत्यु भएको समाचार समेत आएको थियो ।

अधिकांश स्मार्टफोन पड्किने समस्याहरुमा लिथियम आयन ब्याट्रीलाई दोषी मानिएको छ । तर ब्याट्रीको गुणस्तर र चार्जिंगको समयमा ब्याट्रीको तापमानलाई पनि केहि हदसम्म जिम्मेबार मानिन्छ । स्मार्टफोन चार्जिंगको बेलामा तात्ने गर्दछ । त्यसैले फोनको ब्याट्रीलाई कसरी सुरक्षित गर्ने भन्ने केहि सुझाव यहाँ दिनेछौं ।

१ अधिकांश स्मार्टफोन पड्किने समस्यामा सबैभन्दा ठूलो कारण ओभरचार्जिंगको हुन्छ । अधिक मानिसहरु सुत्ने बेलामा रातभर फोनलाई चार्जिंगमा राखेर सुत्ने गर्दछन् । यदि तपाईँ पनि यस्तो गर्नुहुन्छ भने तपाईँको फोनको लागि हानिकारक कार्य हो । यसले गर्दा फोनको ब्याट्री ओभरहीट हुन्छ र फोनको ब्याट्री लाइफ कम हुन्छ । फोन चार्जिंग सकिएपछि चार्जरलाई झिक्नुहोस् ।

२ फोन चार्जिंगमा भएको बेलामा स्मार्टफोनमा कुनैपनि किसिमका सामाग्रीहरु नराख्नुहोस् । कयौं मानिसहरु स्मार्टफोन चार्जिंग गरेको बेला बेडमा, बक्सभित्र, दराजभित्र, तकिया मुनी राख्ने गर्दछन् । यसले फोनलाई ओभरहीट बनाउँछ ।

३ तपाईँको फोन चार्ज गरिरहनुभएको छ भने फोनमा गेम नखेल्नुस् । साथै भिडियो वा मुभी पनि नहेर्नुस् । यसले फोनको ब्याट्रीको तापमान बढाउँछ । यसबाहेक फोन चार्जिंगको समय फोनमा ईयरफोन समेत प्रयोग नगर्नुस् ।

४ फोन चार्ज गरिरहेको बेलामा आएको फोन रिसिभ गर्ने वा अरुलाई फोन गर्ने काम कहिल्यै नगर्नुस् । यसका साथै फोनलाई कहिले पनि एक्सटेन्सन कर्डसका साथमा चार्ज नगर्नुस् । किनकी एक्सटेन्शन कर्डको सकेट बिग्रिएमा त्यसले स्मार्टफोनलाई पनि असर पार्दछ ।

५ फोन चार्ज गरिरहेको बेला त्यसलाई घामबाट बचाउनुहोस् । यसबाहेक अन्य तातो स्थानमा समेत नराख्नुस् । उदाहरणको लागि कारको ड्यासबोर्ड, फ्रिज, हिटर, जस्ता स्थानमा पनि फोन चार्जिंगको बेला नराख्नुस् ।

६ यदि तपाईँ फोन चार्ज गर्न लाग्नुभएको छ भने फोनको ब्याक कभर निकालिदिनुस् । कभरले फोन तात्ने हुँदा चार्जिंगले फोनलाई अझै हिट दिने र तात्ने संभावना हुन्छ ।

७ हामीमध्ये अधिकांश मानिसहरुले फोन चार्ज गर्नको लागि जुन पायो त्यहि चार्जर प्रयोग गर्ने गर्दछौं । सँधै सक्कली चार्जर मात्र प्रयोग गर्नुस् । किनकी हरेक स्मार्टफोनको क्षमताको आधारमा चार्जर बनाईएको हुन्छ र त्यसले तोकिएको मात्रामा करेन्ट प्रवाह गर्दछ । जसले गर्दा फोन तात्न पाउँदैन् ।

८ फोनमा सँधै सक्कली र कम्पनीले दिने आधिकारिक ब्याट्री मात्रै प्रयोग गर्नुहोस्। सस्तो ब्याट्री पाईयो भनेर गुणस्तरहिन ब्याट्री प्रयोग नगर्नुस् । त्यसले फोनको आयु कम गर्दछ भने ब्याट्री तातेर फोन पड्किने संभावना हुन्छ ।

यदि तपाईँले उल्लेखित विषयहरुमा ध्यान दिनुभयो भने स्मार्टफोन चार्ज गरिरहेको बेलामा पड्किने संभावना न्यून हुन्छ ।

Global Bank
easy care

प्रकाशित: २७ आश्विन २०७५, शनिबार

ताजा समाचार