युएमको नयाँ शोरुम सामाखुशीमा संचालन

Technology Khabar २७ आश्विन २०७५, शनिबार

युएमको नयाँ शोरुम सामाखुशीमा संचालन
NTC_Advt

काठमाडौं ।

काठमाडौं । यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले नेपाली बजारमा ल्याएको यूएम मोटरसाइकलको एपीअटो ईन्टरप्राईजेजलाई आधिकारिक डिलरमा नियुक्त गरेको छ ।

यूएम मोटरसाइकलले काठमाडौंको सामाखुशीमा आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम एपी अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो ।

आइएमई अटोमोटिभ्सका प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले नयाँ शोरुम को उद्घाटन गरे । यूएम बाइकका डिभिजन हेड उज्जवल जोशीले विभिन्न मोटरसाइकहरुका प्राविधिक विवरण प्रस्तुत गर्दै नयाँ शोरुम सञ्चालन सँगै ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए ।
शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजन मान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो ।

यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २७ आश्विन २०७५, शनिबार